प्रगतिशील पत्रकार संघको संयोजकमा पोखरेल

काठमाण्डौ,१२ असार।प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल चयन भएका छन्।प्रगतिशील पत्रकार संघ नेपाल नेकपा मसाल र राष्ट्रिय जनमोर्चा निकटको संगठन हो। २०७९ असार ११ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले केन्द्रिय संयोजकमा पोखरेल र सचिवमा प्रकाश थापालाई चयन गरेको हो।प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिका गोपाल भट्टराई, जितेन्द्र खत्री, हरि न्यौपाने, मोनह वेलवासे र विशाल कार्कीलाई केन्द्रिय सदस्यमा चयन गरेको छ। प्रगतिशील पत्रकार संघ नेपालको छिट्टै भौतिक रुपमा बैकठ बसेर सम्मेलनको तिथिमिति तोक्ने र अन्य निर्णय गरिने संयोजक श्यामलाल पोखरेलले बताए। प्रगतिशील पत्रकार संघ नेपालको देशका ५४ जिल्लामा संगठन छ ।