होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीद्वारा क्यान्सर पींडितलाई आर्थिक सहयोग

बुटवल,असार१५ गते।बुटवलका पर्यटन व्यवसायीले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तब्य बनाउने गरी उज्यालो शहरका रुपमा विकास गर्न सकिने बताएका छन्। कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउ अबरोध नगर्ने भएकाले रात्रीकालिन बजार सञ्चालन गर्नुपर्ने बताए।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा बोल्ने पर्यटन तथा होटल व्यवसायीले बुटवललाई आधुनिक शहरको रुपमा विकास गर्न सकिने बताए। समयको माग अनुसार सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरी रात्रीकालिन बजार सञ्चालनका लागि सहयोग गर्न सरकारसंग माग गरे ।सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले व्यवसायीका माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताइन।कालिका पथलाई उज्यालो शहरका रुपमा विकास गर्न सबै राजनीतिक दलले चुनाबी घोषणा पत्रमा उल्लेख गरेको बताउंदै घोषणा पत्र अनुसार कार्यान्वयन हुनुपर्ने बताइन ।संघका संस्थापक तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष सचिव माधवप्रसाद नेपालले बुटवलको कालिका पथलाई रात्रीकालिन बजार सञ्चालन गर्न व्यवसायीले पनि लगानी गर्नुुपर्ने बताए।अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षता,महासचिव माधवकुमार खनालको सञ्चालनमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जीसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम लगायतले आआफ्ना भनाइ राखेका थिए। संघको स्थापना दिवसको अवसरमा क्यान्सर पीडित व्यवसायी बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार आर्थिक सहयोग गरिएको छ ।