बुटवलको प्रदर्शनीमा सरोकारवालाबीच पर्यटनबारे छलफल


बुटवल, पुस ११ गते । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा पर्यटकीय पूर्वाधार विकासको विषयमा छलफल गरिएको छ । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि बुटवलमा जारी प्रदर्शनी १७ गतेसम्म चल्ने छ ।

शुक्रबार सरोकारवाला निकाय र व्यक्तिहरुको सहभागितामा पर्यटक पूर्वाधार, सम्वृद्दिको विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठकले औद्योगिक प्रदर्शनीसँगै पर्यटन, कृषि र प्रविधिलाई प्राथमिकता संघले पथमिकतामा राखेको बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक संघका अध्यक्ष कृष्ण पराजुलीले कृषि, पर्यटन र औद्योगिक विकासले आर्थिक सम्वृद्दि हुने बताए ।

पर्यटन विकास परिषद, लामो समयदेखि यो क्षेत्रको प्रवद्र्धनमा लेखेका अध्येता, लेखक तथा पत्रकार, पर्यटन व्यवसायी, पर्यटन विधामा अध्यापन गर्ने विभिन्न कलेजका अध्यापक तथा विद्यार्थीको पनि सहभागिता थियो ।
कार्यक्रममा लुम्बिनी पर्यटन विकास परिषदका अध्यक्ष रामु जोशीले पर्यटकीय षेत्रको विकास र विस्तारले देशको आर्थिक सम्वृद्दि हासिल गर्न सकिने बताए । उनले धार्मिक र पर्यटन क्षेत्र छुट्टाएर योजनाका साथ काम गर्ने गरी योजना बनाएको उल्लेख गर्दै पर्यटनको क्षेत्रमा धेरै राम्रा र महत्वपूर्ण काम गरिएको दावी गरे ।
उनले छिमेकी देश भारतबाट धेरै पर्यटक नेपाल आउने सम्भावना रहेकाले र आइरहेकाले पनि पर्यटकलाई कसरी भुलाउन सकिन्छ भन्ने विषयमा गमभीर हुनुपर्नेमा जोड दिए ।मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले बन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म पर्यटन क्षेत्रमा कुनै सुधार आउन नसक्ने बताउंदै पर्यटनको क्षेत्रमा बढी हल्ला भएको र काम कम भएको बताए ।
उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि बन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म हामलिे भने जस्तो नहुने बताउंदै सरकारी निकायबाटै कानुन बाझिदा समस्या भएको तर्क गर्दै नीतिगत सुधार गर्नुको विकल्प छेन भने ।
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले पर्यटनमैत्री वातावरण र लगानीमैत्री वातावरण नभएकाले पर्यटन क्षेत्र फस्टाउन नसकेको बताए ।
अध्यापक डा.बाबुराम ज्ञवालीले उद्योगको हिसाबले पर्यटन क्षेत्रमा काम नभएको बताउंदै पहिले नेपाली नेपालभित्र घुमेर बाहिरी पर्यटक ल्याउने योजना बनाउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डे, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पत्रकार सुदिप भण्डारी, शरण कर्मचार्य, हिलपार्क परिषदका अध्यक्ष टंकप्रसाद पराजुली, यातायात व्यवसायी नारायण घिमिरे, नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष सुन्दर भण्डारी, होटल तथा पर्यटन व्यवसायी हिराध्वज शाह, पाणिनि उद्यान जितगढीका अध्यक्ष ऋषि आजाद, पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थी सुदिप पाण्डे, एक्सीस कलेजका अध्यापक आशिष गौतम लगायतले बोल्दै पर्यटनको क्षेत्रको विकासका लागि कुरा धेरै गरिएको र राज्यको नीतपनि सही प्रकारको नहुंदा समस्या रहेको बताए ।
टिप्पणीकर्ता युवराज कंडेलले उक्त पर्यटनबारे छलफल कार्यक्रममा केही नयाँ विषयले प्रवेश गरेकाले साथै योजना बनेको बताए ।























