समय सहकारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भालुबाङ, असानर १६गते ।दाङको राप्ती गाउँपालिका वडा नम्बर १, भालुबाङमा रहेको समय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। बिहीबार उक्त संस्थाले जनता माध्यामिकि विद्यालय कालाकाटे, आ.वि.वनघुस्री र आदर्श प्राथमिक विद्यालय बडहरामा अध्ययनरत २०,२० जना विद्यार्थीलाई सम्बन्धित विद्यालयमै पुगेर शैक्षिक सामग्री अन्तर्गत कपी, डट्पेन र पेन्सिल वितरण गरेको हो।शिक्षा उप समितिका संयोजक केशवराज खनालका अनुसार सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गरिएको हो ।संस्थाका उपाध्यक्ष गीरबहादुर पौडेल,कोषाध्यक्ष ऋषिराम आचार्य,शिक्षा उप समितिका संयोजक केशवराज खनाल,लेखा संयोजक ठाकुर आचार्य ,संचालक समिति सदस्य हिमाल एम.सी र व्यवस्थापक ढुण्डीराज भट्टराई तीन वटै विद्यालयमा पुगेर सामग्री वितरण गरेका हुन ।जनता माध्यामिक विद्यालय कालाकाटेका प्रधानाध्यापक वासुदेव वेल्वासे,आ.वि.वनघुस्रीका शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर महतरा र आदर्श प्राथमिक विद्यालय बडहराका प्रधानाध्यापक ओमबहादुर मगरले आ–आफ्नो विद्यालयको तर्फबाट समय सहकारी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर महत्वपूर्ण सहयोग पु¥याएकोमा प्रशंसा गरेका छन्।संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले केही दिन भित्रै राप्ती गाउँपालिका भित्र रहेका थप केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने जानकारी गराएका छन्। सहकारीले विद्यार्थीलाई शैक्षिक सामाग्री दिएपछि विद्यार्थीमा हौसला बढेको शिक्षक भानु जीएमले बताए।