रोटरी र रोट¥याक लुम्विनी स्टार्समा पद हस्तान्तरण

समाज सुधारमा लाग्न युवाहरुलाई आग्रह

 

 

बुटवल/रोटरी क्लब अफ लुम्विनी स्टार्सको चौथो तथा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सको तेस्रो पद हस्तान्तरण कार्यक्रम संयुक्त रुपमा बुटवलमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ लुम्विनी स्टार्सको बर्ष २०२२÷२३ का अध्यक्ष मुक्तिराम पन्थीले र रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सको बर्ष २०२२÷२३ का अध्यक्ष योगेन्द्र कँडेलले पदभार ग्रहण गरेका हुन् ।


नवनिर्वाचित अध्यक्ष पन्थी र कँडेललाई कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ इलेक्टेड नोमिनेट डिजी रो. राजेन्द्रमान शेरचन, रोटरी क्लब अफ सेन्टरलका संस्थापक अध्यक्ष एजाज आलम, रोटरीयन राजुदेवी खनाल, रोटरी ३२९२ का डिआरआर लक्ष्मण खरेल लगायतले कलर लगाईदिदै शपथ ग्रहण गराउनुको साथै चार्टर्ड सर्टिफिकेट, ग्लाबेल र गम्ब हस्तान्तरण गरेका थिए ।
त्यसगरि रोटरी क्लब अफ लुम्विनी स्टार्सका निर्वतमान बन्दै गरेका अध्यक्ष सुमन वस्याल तथा रोट¥याक क्लब अफ लुम्विनी स्टार्सका निर्वतमान बन्दै गरेका अध्यक्ष मुक्तिराम भण्डारीले नवनिर्वाचित अध्यक्षहरुलाई पिन हस्तान्तरण गरेका थिए । दुबै क्लबको यस अघि सम्पन्न साधारणसभाले नयां समिति निर्वाचित गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का इलेक्टेड नोमिनेट अध्यक्ष रो. राजेन्द्रमान शेरचनले समाजको सुधारका लागि रोटरीले अंगिकार गरेको विधि र नीतिमा रहेर क्लबमा आबद्ध सबै सदस्यलाई सक्रिय रहन आग्रह गर्नु भयो । उहाले रोटरीले अहिले महिला आवद्धता र उनीहरुको क्षमता विकासमा काम गर्ने लक्ष्य लिएको हुदा त्यसमा काम गर्न निर्देशन दिनु भयो ।
रोटरी क्लब सेन्टरलका संस्थापक अध्यक्ष तथा समाजसेवी एजाज आलमले समाजलाई सुव्यस्थित र युवामुखी बनाउने अभियानमा जुट्ने दायित्व सबै रोटरियनले लिनुपर्ने बताउनु भयो ।


रोटरी क्लब अफ लुम्विनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले रोटरीले आयोजना गर्ने कार्यक्रममा पछिल्लो समयमा अनुउत्पादक क्षेत्रमा आर्थिक खर्च गर्ने प्रवृति बढेको भन्दै त्यसमा सुधार गरि रोटरीका अग्रज तथा समाजका अगुवाहरुको सम्मान र उनीहरुको अनुभवलाई ग्रहण गर्ने प्रवृतिको विकास गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा रोटरी एजी राजुदेवी खनाल, रोटरी ३२९२ का डिआरआर लक्ष्मण खरेल, सेन्टरल बुटवलका अध्यक्ष हिमाल गैरे, रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाललगायत बोल्नु भएको थियो ।


कार्यक्रममा दुबै क्लबका निवर्तमान अध्यक्षहरु सुमन वस्याल र मुक्तिराम भण्डारीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी बर्षहरुमा पनि क्लबलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नु भयो भने नवनिर्वाचित अध्यक्षद्वय मुक्तिराम पन्थी र योगेन्द्र कँडेलले आफ्नो कार्यकालमा क्लबले अगाडि सारेका योजनाहरु राख्दै त्यसलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन विक्रम क्षेत्री, स्वागत ध्रुाव कोइराला र धन्यवाद ज्ञापन जया भण्डारीले गर्नु भएको थियो । सो अवसरमा क्लबका नया सदस्यहरुलाई सपथ तथा सदस्यता प्रदान पनि गरिएको थियो ।