रोटरी क्लब अफ मणिग्राममा पदस्थापना

भैरहवा, २३ साउन । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ मणिग्रामको छैठौं पदस्थापन कार्यक्रम भएको छ । रोटरी वर्ष २०२२÷२३ का लागि दुर्गाप्रसाद अर्यालको अध्यक्षतामा गठित बोर्डका पदाधिकारी तथा सदस्यहरुलाई पदहस्तान्त्रण गरिएको हो ।
विशेष कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तममा पदस्थापना कार्यक्रम आयाजना गरिएको थियो । रोटरी वर्ष २०२२÷२३ का लागि क्बलको इलेक्ट प्रेसिडेण्टमा निर्मल बस्याल, प्रेसिडेन्ट नोमिनीमा राजेन्द्र आचार्य, भाईस–प्रेसिडेण्ट फस्र्टमा अरुण पाण्डे, भाईस–प्रेसिडेण्ट सेकेण्डमा यज्ञप्रसाद न्यौपाने, भाईस–प्रेसिडेण्ट थर्डमा सागर पाठक, सचिवमा मिनप्रसाद भण्डारी (सुरज) र कोषाध्यक्षमा लक्ष्मी थापा रहेका छन् । त्यसै गरी सह–सचिवमा नविन अर्याल, सह–कोषाध्यक्षमा अर्जुन पौडेल, सर्जेट एट आम्समा भीम आले र गोविन्द ज्ञवाली तथा राजकुमार सुवेदी, कुलमणि ज्ञवाली, कृष्ण प्रसाद भण्डारी, तुल्सी पौडेल र अच्युत पन्त क्बल चेयर रहेका छन् ।
पदस्थापन कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवामा लाग्न पर्नेमा जोड दिए ।
रोटरी क्लब सबैभन्दा ठूलो सामाजिक संस्था भएको भएकाले रोटरी अभियानलाई शिक्षा, स्वास्थ्य, सरसफाईं लगायत सामाजिक सेवामा क्रियाशील बनाउन र बन्न सुझाव दिए ।तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले रोटरी क्लबका क्रियाकलापले समाजमा गतिशील भएको बताइन । सबै नागरिक आआफ्नो ठाउंबाट सामाजिक सेवामा लागेमा समाजलाई सशी दिशा निर्देश गर्न सकिने उनले बताइन ।
सोही कार्यक्रममा नगर उपप्रमुख चौधरीलाई मानार्थ सदस्य बनाएको थियो । डिष्ट्रिक गभर्नर इलेक्ट ध्वजुले चौधरीलाई मानार्थ सदस्यको पीन लगाइदिएका थिए । उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद अर्यालले रोटरीको नियम र अनुशासन पालना गरेर नीजि स्वार्थ भन्दामाथि उठेर समाजप्रति उत्तरदायी बन्ने प्रतिवद्वता जनाए ।
आफ्नो कार्यकाल सफल बनाउन आफु लागि पर्ने सबै साथिहरुलाई इमान्दारपूर्वक रोटरीको माध्यामबाट सामाजिक क्षेत्रमा लाग्न अध्यक्ष अर्यालले आग्रह गरेका छन् ।
निवर्तमान अध्यक्ष केशवप्रसाद न्यौपानेले गत वर्षमा क्लबले गरेका सामाजिक क्षेत्रमा भएका कामहरुबारे जानकारी गराउंदै नयां टिमलाई आगमी दिनमा अझै राम्रा र उत्कृष्ट काम गरेर क्लवलाई अगाडी बढाउन सुझाव दिए ।
कार्यक्रममा असिस्टेन्ट गभर्नर मोहनप्रसाद श्रेष्ठ, क्लबका सल्लाहकार लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारी, क्लबका चार्टर्ड प्रेसिडेन्ट राजुदेवी खनाल, पूर्व अध्यक्षहरु कुलमणि ज्ञवाली, अच्युत पन्त, रोट्रयाक्ट क्लब अफ मणिग्रामका अध्यक्ष आयुष पौडेल, मानव कल्याण मित्र मञ्च रुपन्देहीका संरक्षक पुरुषोत्तम भट्टराई, डिष्ट्रिक टे«निङ्ग कमिटीका को–चेयर विनोद कोइराला, प्रेसिडेन्ट इलेक्ट निर्मल बस्याल, भाईस प्रेसिडेण्ट अरुण पाण्डे, सचिव मिनप्रसाद भण्डारी लगायतले आआफ्ना भनाइ राखेका थिए ।

सोही कार्यक्रममा यस वर्षको एसईईमा उत्कृष्ण सुयोग सुवेदी र सुनिता न्यौपानेलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष केशवप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा विशेष सहयोग पुराउने तीन पदाधिकारीलाई सम्मान गरेका थिए । उक्त पदस्थापना कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष कुलमणि ज्ञवालीले वर्तमान अध्यक्ष दुर्गाप्रसाद अर्यालको परिचय गराएका थिए ।