भुमिकास्थान रुपन्देही– सम्पर्क समाजको भेला र तीज मिलन

अध्यक्षमा लक्ष्मण वेल्वासे

बुटवल, भदौ ४ गते। भुमिकास्थान (अर्घाखांची) रुपन्देही सम्पर्क समाजको प्रथम भेला तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भएको छ।
बुटवल १२ मिलनपार्कमा आयोजित भेलाको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले उद्घाटन गरेका हुन् ।
सोही कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले नगरपालिका भन्दा बाहिर रहेका नगरवासीसंग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने बताए। 
नगरवासीको हितमा काम गर्नका लागि सही र वैज्ञानिक खालका सुझाव, सल्लाहा दिनका लागि आग्रह नगर प्रमुख थापाले आग्रह गरेका छन् । उनले विद्यालय क्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गरेको तथा विद्यालयको गुणस्तारवृद्वि गर्न विद्यालयसंग नगरपालिका कार्यक्रम संचालन गरिएको जानकारी गराए ।
सेङलेङ, मसिनालाई पर्यटक मियोको रुपमा अगाडि बढाउने गरी पर्यटनका विषयलाई प्राथमिकतामा रखिएको नगर प्रमुख झविलाल थापाले जानकारी गराए ।
नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले गाउंको विकासमा सबैको साथ सहयोग आवश्यक भएको भन्दै भ्रष्टाचारमुक्त नगरपालिका र शुसासन कायम भएको नगरको रुपमा भूमिकास्थानलाई विकास गर्ने प्रतिवद्वता जनाए।
नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थीले चुनावको बेला मतदातासंग गरिएका प्रतिवद्वता पुरा गर्ने बताउंदै स्वार्थ भन्दा माथि उठेर काम गर्नका लागि सबैको साथ सहयोग र सुझाव आवश्यक पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, वडा नम्बर ६ का अध्यक्ष प्रेम नारायण बेल्वासे, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष खेमराज चुदाली लगायतले आआफ्ना भनाइ राखेका थिए ।
भेलाबाट लक्ष्मण बेल्वासे अध्यक्ष रहेको २१ सदस्यीय भुमिकास्थान (अर्घाखांची) रुपन्देही सम्पर्क समाजको गठन गरिएको छ ।जसको उपाध्यक्षमा क्रमशः ढुण्डिराज खनाल, गोपाल गैरे, कृष्णप्रसाद मरासिनी, दिलिप चुदाली र रामप्रसाद भुसाल, सचिवमा यमप्रसाद गैरे, सहसचिवमा गोविन्द खनाल र माया वली, कोषाध्यक्षमा खुश्बु भण्डारीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा योगेन्द खनाल, सन्तोष बन्जाडे, मिना आचार्य, गीता बन्जाडे, सुस्मिता आचार्य, लक्ष्मण गैरे, अजय पौडेल, प्रकाश जीसी, ज्ञानु पाण्डे रहनुभएको छ, भने २ सदस्यीय रिक्त राखिएको छ ।
भेला आयोजक समितिका अध्यक्ष लक्ष्मण बेल्वासेको अध्यक्षता, सचिव यमप्रसाद गैरेको संचालन र उमलाल बन्जाडेको स्वागतमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा भूमिास्थान तथा जिल्लाको संस्कृतिसंग जोडिएका तीज गीत गाएर नांचगान गरिएको थियो ।