माओवादीसंग निकटता बढेको छ – झलनाथ

बुटवल, भदौ ५ गते। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा माओवादी र सामाजवादी पार्टीबीच निकटता कायम भएको बताएका छन् ।निकटता बढेपनि अहिले पार्टी एकता हुने सम्भावना नरहेको तर दुई पार्टीबीच तालमेल र कार्यगत एकता भने हुने बताए।
मुख्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन नसकेका कारण अहिले एक खालको विखण्डनको अवस्था आएको बताउंदै बैचारिक र सिद्धान्तका आधारमा केही वर्षमै कम्युनिष्ट आन्दोलन एकताबद्ध हुने नेता खनालको दावी छ ।
अहिलेको आवश्यक्ता विभिन्न पार्टीहरुबीच एकआपसमा एकता गरेर अघि बढ्नुपर्ने हो उनले भने ।
आइतबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने – जो एकताबद्ध भएर अघि बढ्छ, उसको सफलता अनिवार्य हुन्छ । जो एकलै हिड्छ उ सकिन्छ ।
अहिले पांच दलीय गठबन्धन गरेर आफूहरु अघि बढेको र निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्ने दावी गरे ।
तत्काल बाम एकताको सम्भावना नभएको र पांच दलीय गठबन्धन नै दृढतापूर्वक अगाडि बढ्े उनको र्त छ ।
अहिलेको गठबन्धन राजनीतिक गठबन्धन भएको र यो एउटा विशिष्ट उद्देश्य प्राप्तीका लागि बनेको बताए।
गठबन्धन पछिसम्म जान्छ की जांदैन भन्ने कुरा अहिल्यै भन्न सकिने अवस्था नरहेको उललेख गर्दै निर्वाचनपछि संसदमा कसको कस्तो उपस्थिति हुन्छ, त्यही अनुसार गठबन्धन रहने÷नरहेन त्यती बेला थाहा हुने बताए। नेता खनाले आउंदो निर्वाचन आफु इलाम क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने बताए ।