अखिल नेपाल शिक्षक संघ बागलुङको जिल्ला सम्मेलन हुने

भानु जीएम
दाङ ,भदौ ५ गते । अखिल नेपाल शिक्षक संघ बागलुङले आफ्नो पाचौं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकले २०७९ भदौ ३१ र आश्विन १ गते गल्कोट बजारमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला सम्मेलन सफल पार्नको लागि पुष्कर सापकोटा ,सोमलाल सापकोटा र टिकाराम कँडेल रहेको मञ्च तथा हल व्यवस्थापन उप समिति र कृष्ण आचार्य ,मित्रदत्त ढकाल र पुष्कर सापकोटा रहेको अतिथि सत्कार तथा व्यवस्थापन उप समिति गठन गरेको छ ।
संघका केन्द्रीय उपाध्यक्ष कृष्ण आचार्यको प्रमुख आतिथ्य तामा सम्पन्न बैठकमा संगठन विस्तार लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै केन्द्रको मुखपत्र जन शिक्षा प्रकाशनको लागि लेख रचना तथा विज्ञापन उपलब्ध गराउने र सम्मेलनको अवसरमा निवृत्त शिक्षकहरुलाई सम्मान गर्ने समेत निर्णय गरेको सचिव पुष्कर सापकोटाले जानकारी दिनुभयो ।