बन्दको देशभर प्रभाव

शंकरप्रसाद पोखरेल
बुटवल, भदौ ७ गते। विप्लव नेतृत्व नेकपासहित ४ कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको देशभर प्रभाव परेको छ । मंगलबार आयोजना गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको हो ।
बन्दको प्रभाव लुम्बिनी प्रदेशमा पनि परेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा बिहानैदेखि बन्दको प्रभाव परेको छ । छिटफुट रुमा नीजि सवारका साधनहरु चलेपनि लामो तथा छाटो दुरीमा चल्ने सार्वजनिक सवारीका साधनहरु चलेका छैनन् ।
त्यस्तै शिक्षण संस्थाहरु पुरा बन्दरहे भने बजार र उद्योग धन्दा कलकारखानाहरु पनि बन्द खुल्न सकेनन् ।
सरकारले ३ बुंदे सहमती कार्यान्वयन नगरेको बिरोधमा नकेपासहित ४ कम्युनिष्ट पार्टीले भदौ ७ गतेका लागि नेपाल बन्दको आहन गरेका हुन् ।
सरकारले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोधमा संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलनरत चार दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।

शंकापस्द वस्तु
रुपन्देहीका सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका ११ स्थित कोठी जंगलका पूर्वपश्चिम राजमार्ग छेउमा मंगलबार शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ ।   


रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने पुष्टि गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । मंगलबार चार कम्युनिष्ट पाटीले नेपाल बन्दको र सोही अबधीमा शंकापस्द वस्तु भेटिएको हो ।
उक्त शंकापस्द वस्तु बन्द आहन दलहरुले बन्द सफल बनाउन राखेको प्रहरीले शंका गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले बिज्ञप्ति जारी गरी नेपाल बन्दको आह्वान गरेका थिए ।
तत्कालिन सरकारसंग भएका तीन बुंदे सहमती कार्यान्वयनका लागि बन्ख आह्वान दलका नेताहरुको माग छ । नेपाल बन्दले सरकारलाइृ नैतिक रुपमा चुनौती दिएको छ ।
बन्द आह्वान दलका नेताहरुले बन्द बिथोल्नका लागि सरकारले सादा पोशाकका प्रहरी परिचलान गरेर आफ्ना पार्टीका नेता तथा कार्यकर्ता गिरफ्तार गरेको बताएका छन् ।
गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता तत्काल तथा आजै बिनासर्त रिहाइ नगरिए आन्दोलनमा उत्रने सरकारलाई चुनौती दिएका छन् ।