स्वाभिमान युवा क्लबद्वारा सरसफाई

भानु जीएम
दाङ असोज ७ गते । स्वाभिमान युवा क्लबले दशैं पर्वको पूर्व सन्ध्यामा बजार क्षेत्र सरसफाइ गरेको छ । गढवा –१,कालाकाटेमा रहेको सो क्लबले आयोजना गरेको सरसफाइ कार्यक्रममा गढवा गापा वडा नम्बर १ को कार्यालय, जनता मा.वि.कालाकाटे,अस्थायी प्रहरी चौकी कालाकाटे,स्वास्थ्य एकाई कालाकाटे लगायतका संस्थाका प्रतिनिधिहरुकोसमेत सहभागिता रहेको थियो ।
केही वर्ष यता दशैंको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको उक्त क्लबले यही २०७९ असोज ८ गते देखि १४ गते सम्म “१३ औं स्वाभिमान खुल्ला कप २०७९“ को आयोजना गरेको छ । उक्त कपमा विजेता हुनेलाई रु.५०,०५०÷– र उप विजेतालाई रु.२५०२५÷– नगद पुरस्कारको व्यवस्था गरिएको कार्यक्रमका संयोजक वीर पुनले जानकारी गराएका छन् ।