रुपन्देहीका राजु गुरुङको उम्मेदवारी कायमका लागि सर्वोच्चको आदेश

बुुटवल, असोज ३० । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आईतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएको हो । अन्तरीम आदेशका लागि कार्तिक २ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
‘अन्तरिम आदेशको टुंगो नलागे सम्म प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देही जिल्ला क्षेत्र नं। २ का निर्वाचन अधिकृतको मिति असोज २५ को निर्णय कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ ९२० ९ख० बमोजिम विपक्षीहरुको नाउमा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ ’ आदेशमा भनिएको छ ।
एकीकृत समाजवादी पार्टीका नेतासमेत गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो ।
तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।