भूकम्प पींडितलाई उद्वार र राहतको व्यवस्था हुन्छ – गृहमन्त्री खांण

बुटवल, कार्तिक २३ गते । गृहमन्त्री बालकृष्ण खांणले भुकम्पबाट घाइते भएकाहरुलाई तत्काल उद्वार गरी उपचार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भन,े ६ जना घाइते भएका छन् ।
मंगलबार राती डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भुकम्पमा परी घाइते भएकाहरुको छिटो उपचार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
उनले घाइतेको उपचारका लागि हेलिकोप्टर आवश्यक भएपनि तत्काल हेलिकोप्टर व्यवस्था गर्न गृह प्रशासनलाई आग्रह गरेका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेकोप्टर उद्धार गर्न निर्देशन दिए ।
भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि बासस्थानको व्यवस्था गर्न पनि गृहमन्त्री खांणले निर्देशन दिएको बताईएको छ ।