रुपन्देहीको औधोगिक विकासका लागि गठबन्धनका उम्मेद्वारको प्रतिवद्दता


बुटवल, कार्तिक २९ गते । रुपन्देहीको औद्योगिक विकासका लागि जनचाहाना अनुसार कम गर्ने पांच दलीय गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धता जनाएका छन् ।
औधोगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना गर्न सकिने र रोजगारीका लागि विदेश पलायन भएको जनशक्तिलाई रोजगारी दिन सकिने मतदातासंग उनीहरुको प्रतिवद्वता छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा गठबन्धन निकटका उद्योगी व्यवसायीहरुसंग सत्ता गठबन्धनबाट प्रतिनीधि सभा सदस्य उम्मेद्वार केशवबहादुर थापा, प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
त्यस्तै बुटवल रामनगरको औधोगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्याउने, व्यावसायीका लागि सस्तो व्याजदरमा सुलभ तरिकाले कर्जा उपलव्ध हुने वातावरण मिलाउने उनीहरुको प्रतिवद्धता छ ।
औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरहरुको हितको लागि सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्ने व्यवस्था, न्यूनतम पारिश्रमिकको व्यवस्था, रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण बनाउन ठोस कार्यक्रम ल्याउने उनीहरुको प्रतिवद्धता छ ।
त्यस्तैगरी न्युन आय भएका गरिव तथा विपन्न वर्गका महिलाका लागि उद्यमशिलता कार्यक्रम, युवाहरुलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम र छुट्टै स्वरोजगार कोषको व्यवस्था मिलाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिवद्ध छ भने ।
उनले औद्योगिक विकासका लागि मोतिपुर औधोगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णतादिने बताए ।
त्यस्तै बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाइसमेत व्यवस्थापन गर्ने बताउंदै उनले भने– नीजि क्षेत्रलाई प्रोत्साहन गरिने छ ।
रुपन्देही २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले औद्योगिक विकास, कृषिमा व्यवसायिक विकास तथा पर्यटन उद्योगको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिईने बताए ।
औधोगिक विकासका माध्यमबाट आयात प्रतिस्थापन गर्दै निर्यातलाई जोड दिईने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिने उनको प्रतिवद्दा छ ।
प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले आफू प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा औद्योगिक विकासका लागि खाका बनाएको र सोही अनुसारका कामलाई प्राथमिकता दिएको दावी गरेका छन् ।
त्यस अवसरमा उद्योगी व्यवसायीहरुले पटक पटक जितेका उम्मेदवारबाट औधोगिक विकासको साटो वातावरण नै विगार्ने काम भएकोले त्यसलाई सुधार गरेर मोतिपुर औद्योगिक क्षेत्रलाई परिस्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाई राखेका थिए ।लगानीको वातावरण, लगनाी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था गर्न उद्योगी व्यवसायीको माग छ ।
सत्ता गठबन्धन उद्योगी व्यवसायी तथा पेशाकर्मी परिचालन समितिका संयोजक खिमबहादुर हमालले उद्योगी व्यवसायीहरु सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको र निर्वाचन जितेर गईसकेपछि व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गरेका छन् ।
बेंकहरुले मनोमानी रुपमा बढाएको व्याजको दर तत्काल घटाउन र लगानीमैत्री वातावरणको सिर्जना गर्दिन उद्योगी व्यवसायीको माग छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










