बाग्लुङमा चित्रबहादुर केसीको अग्रता

बुटवल, मंसिर ६ गते । बाग्लुङमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अग्रता कायम छ । पछिल्लो मत गणनाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका चित्रबहादुर केसीले ५ हजार ३ सय ५४  मत प्राप्त गरेका छन् । एमालेका शूर्य पाठकले ४ हजार ९ सय ५४   मत प्राप्त गरेका छन् ।
एमालेका शूर्य पाठकले भन्दा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३ सय ६ मत बढी ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र पार्टीको घण्टी चिन्हमा २ हजार ९ सय ८३ मत प्राप्त भएको छ ।