बासस्थानको चपेटामा सर्प, वातावरणीय संरक्षण अवश्यक

डी.आर. बन्जाडे

माघ २३, बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्वर ३ की अनिता श्रेष्ठ विहान विहान नियमति रुपमा घर छेउँकै खेतमा काम गर्छिन् । विगत केही वर्ष देखि उनको खेतमा सर्प धेरै आउन थालेको उनले अनुभव गरेकी छन् ।

सैनामैना ५ की मायादेवी बन्जाडेलाई पनि खेतमा काम गर्दा सर्प कै डर लाग्ने गर्छ । उनलाई पनि केही बर्ष यता सर्प बढी नै आउन थालेका हुन की भन्ने लाग्दछ ।

अव्यवस्थित शहरीकरण तथा वातावरण प्रदुषणका कारण पछिल्लो समय सर्पहरु बढी देखिन थालेका छन् । आफू बस्ने बास्थानमा भौतिक संरचना निमार्णका कारण बासस्थान मासिदा सर्पहरु बढी देखिने गरेको छन् । ‘सर्प बढी भएर धेरै देखिन थालेका होइनन् । उनीहरुको बासस्थान नसिएको छ । जसका कारण उनीहरु बाहिर आएको जस्तो लागेको हो, सर्प अनुसन्धान कर्ता कमल देवकोटाले भने, ‘बासस्थान नसिएर उनीहरु बाहिर आउन बाध्य भएका हुन् ।’

सर्पको प्रकृति अनुसार उनीहरुको बासस्थान फरक फरक भए पनि प्राय सर्पहरु दुलोमा बस्न रुचाउँछन् । मानव बस्ती तथा अन्य भौतिक संरचना निमार्णका कारण उनीहरुको बासस्थान मेटिए पछि सर्प बाहिर देखिने गरेको अनुसन्धान कर्ता देवकोटाको भनाई छ । अन्य वातावरणीय कारणले पनि सर्पको अवस्था कमजोर हुँदै गएको र विषालु सर्पहरु बढी देखिने गरेको उनको बुझाइ छ । मानव सर्पबीचको द्धण्द्धका कारण पनि सर्प दम्सका घट्नाहरु बढ्दै गएको उनी बताउँछन् ।

सर्पले खाना प्राप्तीको लागि मानिसलाई नटोक्ने अनुसन्धानबाट पत्ता लागेको छ । सर्पको टोकाई प्रतिरक्षाका लागि मात्र हुने अनुसन्धान कर्ताको भनाई छ । ‘सर्पको टोकाई आफ्नो प्रतिरक्षाका लागि मात्रै हो । त्यसैले जिस्काउने चलाउने गरेमा मात्र सर्पले टोक्न सक्दछ । त्यस तर्फ सवै सचेत हुनुपर्छ ।’ – उनले भने ।

अनुसन्धानकर्ताहरुका अनुसार सर्पले पर्यावरणमा अतुलनीय भूमिका खेल्ने गर्दछ । वातावरणीय सन्तुलनका लागि सर्पको महत्व रहेकोले सर्पको संरक्षण आवश्यक रहेको अभियान्ताहरु बताउँछ्न् । घरमा आउने सर्पहरुले अन्तिम अवस्था नभए सम्म नटोक्ने हुँदा सर्प मार्न नहुने सर्प उद्दारकर्ता खिमलाल पाण्डेले बताए ।

कस्तो सर्प विषालु हुन्छ ?
हाल नेपालमा झन्डै ८३ प्रजातिका सर्पहरु पाइन्छन् । जस मध्ये लुम्बिनी प्रदेशमा मात्रै ३२ प्रजातिका सर्प पाइने नेपाल टक्सिनोलोजी एसोशियनका कार्यकारी निदेशक समेत रहेका अनुसन्धान कर्ता देवकोटाले बताए ।
जम्मा सर्पका प्रजाति मध्ये २० प्रतिशत मात्र विषालु रहेको उनको भनाईछ । उनका अनुसार बाँकी सर्प मध्यम विषालु तथा कम विषालु हुन्छ । प्राय तयारई क्षेत्रमा पाइने गोमन, करेत, रसेल्स भाइपरजस्ता सर्प विषालु हुन्छन् । यी सर्पले टोकेमा ज्यान नै जान सक्ने उनले बताए । करेत प्रजातिका सर्पले रातको समयमा टोक्ने र टोकाइमा दुखाई नुहुने हुँदा खतार रहेको उनले बताए । करेत सर्पको विष समते ढिलो चड्ने र निको पनि विस्तारै हुने हुँदा तराईमा यसको टोकाइबाट धेरै ज्यान जानेका गरेको उनको अनुमान छ ।

सर्प उद्दारको अवस्था :
नेपाल भर सर्पको उद्दार समेत हुने गरेका छन् । नेपाल भर झन्डै २५ जना सर्प उद्दार कर्ता छन् । त्यस मध्ये लुम्बिनी प्रदेशमा करिव ८ जना सर्प उद्दार कर्ताहरु सक्रीय रुपमा क्रियाशील रहेका छन् । सर्पहरुलाई सुरक्षित रुपमा बासस्थान सम्म पुर्याउन उद्दार कर्ताहरुले भूमिका खेलिरहेका छन् । ‘खवर पाए सम्म सर्प समाउने र सुरक्षित स्थानमा पुर्उने कार्य गछौँ, उद्दार कर्ता पाण्डेले भने, ‘सर्प मार्नु भन्दा हामीलाई खवर गर्नुहोला ।’

सर्प किन जोगाउने ?
वातावर सन्तुलन राख्न पनि सर्प आवश्यक रहेको अनुसन्धानकर्ताहरुको बुझाइ छ । पारिस्थितिक पद्धतिलाई सन्तुलित गर्न यसले मद्धत गरेको हुन्छ । सर्प दम्सको घाइतेलाई बचाउन पनि सर्प कै विष चाहिने हुँदा चिकित्सकीय महत्व रहेको बताइन्छ । सर्पको धार्मिक सांस्कृतिक महत्व समेत रहेको छ ।
‘सर्प संरक्षणका लागि सरकारबाट भने खासै सहयोग नभएको अनुसन्धानकर्ता देवकोटा बताउँछन् । सरकारबाट खासै सहयोग भएको छैन् । तीन तहका सरकारहरुले जुन रुपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन् ।’- उनले भने ।

गनु पर्ने कार्य :
सर्पबाट हुन सक्ने खतराबाट बच्न व्यवस्थापनको पाटोलाई ध्यान दिनु पर्ने अभियान्ताहरुको जोड छ । सर्पलाई टोक्नै नदिने र कुनै कारणले टोकी हालेमा पनि त्यसको क्षती कम गर्न भूमिका खेल्नु पर्ने उनीहरु बताउँछन् ।
देवकोटाका अनुसार सर्पदम्सबाट बच्न सरसफाईका साथ मुसा बस्ने दुलाहरु टाल्नु पर्ने, काम गर्दा ग्लोप्स तथा बुट लगाउने, रातिको समयमा दिशा पिसवा जाँदा टर्च लाइट अनिवार्य लिने तथा सुत्ने समयमा झुल लगाउने गर्नुपर्छ ।
सर्प संरक्षणका लागि जनचेतना नै मुख्य विषय भएको देवकोटा बताउँछन् ।