चोलेन्द्रलाई न्यायधीश नियुक्त र प्रधानन्यायधिश बनाउनु गम्भीर गल्ती थियो

मोहनविक्रम सिंह
आज सम्पूर्ण देश र जनता, सर्वाेच्चअदालत, बार, संसद समेतका अगाडि यो छर्लङ्ग भइसकेको छ कि चोलेन्द्र शम्सेर जबरालाई न्यायधीशमा नियुक्त गर्न र उनलाई प्रधानन्यायधिश बनाउनु एउटा गम्भीर गल्ती थियो । त्यो प्रकरणबाट यो कुरा पनि प्रष्ट भएको छ कि राष्ट्रिय जनमोर्चाले सँधै सही नीति अपनाउँछ र देशका सबै नेताहरुमध्ये का. चित्रबहादुर के.सीको स्थान धेरै माथि छ । कुन नेता कति उच्च छ ? त्यो कुराको निर्धारण नीतिले नै गर्दछ । चोलेन्द्र समशेर प्रकरणले के.सी. जी अन्य नेताहरु भन्दा माथि भएको कुरालाई राम्ररी प्रमाणित गरेको छ ।
न्यायधिशहरुको नियुक्तिको बेलामा करिब १ महिनासम्म संसदीय सुनुवाई भएको थियो । त्यो सुनुवाईको बेलामा के.सी.जी पनि सुनुवाई समितिको सदस्य हुनुहुन्थ्यो । पहिले सुनुवाई समितिका धेरैजसो सांसदहरुले उनलाई न्यायाधीश बनाउन हुन्न भन्ने अडान लिएका थिए । तरपछि अरु सबै सांसदहरुले आÇनो अडान छाड्दै गए र के.सी.जी १ जनाले मात्र उनलाई न्यायाधीशमा नियुक्त गर्न हुन्न भन्ने अडान अन्तसम्म लिइरहनु भयो । त्यसपछि उनलाई न्यायाधीशमा नियुक्त गरियो । अनुभवले प्रष्ट गरिसकेको छ कि त्यो बेला चोलेन्द्र समशेरको पक्षमा सिफारिस गर्ने अन्य सबै सांसदहरु ग्लत थिए र के.सी.जी मात्र सही हुनुहुन्थ्यो ।
त्यो बेलाको गलत निर्णयले सम्पूर्ण न्यायपालिकालाई नै कति धेरै नोक्सान पु¥यायो ? त्यो कुरा अहिले सबैका अगाडि छर्लङ्ग भएको छ । यदि के.सी.को सुझाव मान्ने भएको भए वा अन्य सांसदले आÇनो अडान नछाडेको भए चोलेन्द्र समशेर न्यायाधीश वा प्रधानन्यायाधीश हुन सक्दैनथे र उनका कारणले न्यायपालिका र सम्पूर्ण देशलाई जुन ठूलो क्षति पुग्यो त्यसबाट बच्न सकिन्थ्यो ।
कुनै नेता कति शिर्ष स्थानमा हुन्छ वा हुदैन ? कुराको फैसला यो कुराले गर्दछ त्यसको राजनीतिक लाइन कति सही छ तथा आÇना विचार र प्रतिवद्धताहरुमा ऊ कति इमान्दार र दृढ छ ? खाली चोलेन्द्र समशेर प्रकरणमा लिएको सही अडानका कारणले मात्र होइन, देशका अरु पनि सयकडौँ प्रश्नहरुमा उहाँले त्यही प्रकारका सही विचार वा नीतिहरु लिने गर्नुभएको छ र तिनीहरुमा अडान पनि लिने गर्नु भएको छ । उहाँको व्यक्तित्वको प्रधान पक्ष त्यही हो ।
के.सी.जी मात्र होइन, पूरै राष्ट्रिय जनमोर्चाको त्यही प्रकारको इतिहास रहेको छ । त्यसका तर्फबाट गतकालमा चुनिएर गएका सबै सांसदहरुको पनि त्यही प्रकारको निष्कलंक चरित्र रहने गरेको छ । संसदमा चुनिएपछि अन्य पार्टीका कैयौँ सांसदहरुले आर्थिक अनियमितता गरेका, भ्रष्टचार गरेका वा विकासका विभिन्न रकमहरु हिनामिना गरेका थुप्रै उदाहरणहरु पाइन्छन् । निश्चय नै सबै सांसदहरुले त्यसो गर्छन भन्ने हाम्रो निष्कर्ष छैन । तर राष्ट्रिय जनमोर्चाका सांसदहरुको बिना अपराध त्यही प्रकारको निष्कलंक चरित्र रहने गरेको कुरा सारा देश र जनताका अगाडि छर्लङ्ग छ । तर सायद यो देशको राजनीतिको एउटा विडम्बना नै हो कि जुन पार्टीको त्यस प्रकारको भूमिका रहेको छ, त्यसलाई जनताले कम भोट दिन्छन् र त्यो देशको सबैभन्दा सानो पार्टीहरु मध्येमा आउछ । सायद त्यही नै देशको दुर्भाग्य पनि हो । सायद त्यो बेलासम्म देशको वास्तविक विकास हुन सक्ने छैन, जबसम्म राष्ट्रिय जनमोर्चा जस्ता पार्टीहरु शक्तिशाली बन्दैनन् । त्यसका लागि हामीले कहिलेसम्म पर्खनु पर्ने हो ? त्यो कुरा भविष्यले नै बताउने छ ।
२०७९ पौष ०१ गते ।