अनेरास्ववियुले आयोजना गरेको रक्तदानमा ७४ युनिट रगत संकलन

विष्णु घिमिरे
बुटवल,पुस ४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बुटबल बहुमुखि क्याम्पस कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ ।सोमबार बुटबल बहुमुखि क्याम्पसको प्राङणमा अनेरास्ववियुले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
बुटबल बहुमुखि क्याम्पस कमिटि अध्यक्ष गोबिन्द रिजालले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले अनेरास्ववियु राजनीतिक परिवर्तनसंगै सामाजिक काममा निरन्तर लागिरहेको बताए ।
अनेरास्ववियु बुटबल बहुमुखि क्याम्पसले रगतको अभावमा कसैको ज्यान जान नपरोस भन्ने उदेश्यले रक्तदान जस्तो महत्वपूर्ण राखेको भन्दै धन्यबाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नबिन थापा सारु,जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, रुपन्देही उपाध्यक्ष भरत अर्याल ,जिल्ला कमिटि सदस्य सन्तोष अर्याललगायतको सहभागीता रहेको थियो ।
विबेक कुंवरको अध्यक्षता र शसांक वस्यालको संयोजकत्वमा कार्यक्रम भएको थियो ।