मानव कल्याण मित्र मञ्च नेपालले विद्यार्थीलाई स्वीटर वितरण

बुटवल, पुस ५ गते । मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमाले सामूदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा तथा स्वीटर वितरण गरेको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले सामूदायिक विद्यालयमा पढ्ने ५५ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा तथा स्वीटर वितरण गरेका हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर मा रहेको तिलोत्तमा सामूदायिक विद्यालयमा पढ्ने ३० जना वडा नम्बर ३ हाम्रो सगरमाथा आधारभूत विद्यालयमा पढ्ने २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
सामूदायिक विद्यालयमा पढ्ने गरिव तथा जेहेन्दार विद्यार्थीको मनोवल बढाउने उद्वेश्यले स्वीटर दिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।
विद्यालयको सिफारिसका आधारमा विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
मित्र मञ्च नेपालले सामूदायिक विद्यालयहरुमा पढ्ने गरिव तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।
अन्य सामूदायिक विद्यालयमा पढ्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई पनि सहयोग गरिने मित्र मञ्च नेपालका संरक्षक पुरुषोत्तम भट्टराईले बताए।
मानव कल्याण मित्र मञ्च नेपालका संरक्षक पुरुषोत्तम भट्टराई, अध्यक्ष दुर्गाप्रसाद अर्याल, कोषाध्यक्ष शालिकराम गौतम, कार्यसमिति सदस्य झविलाल अधिकारी,आन्तरिक लेखा समितिका संयोजक शूर्यबहादुर रानासहितको टिमले विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरुको सहभागीतामा विद्यार्थीलाई स्वीटर वितरण गरिएको थियो ।