गौतमबुद्ध मुटु अस्पतालले मनयो, साधारण सभा र स्थापना दिवस

बुटवल, पुस १० गते । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको दशौं वार्षिक साधरण सभा तथा दशौं स्थापना दिवस सम्पन्न भएको छ । आइतबार साधरण सभा तथा दशौं स्थापना दिवस सम्पन्न भएको हो ।
सोही कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा रुपन्दही क्षेत्र नम्बर पांचका सांसद बासुदेव घिमिरले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको लागि जग्गा प्राप्तीमा ढिलाई भएको बताए ।
अस्पताल जस्तो सम्वेदनशील संस्थाले समयमा जग्गा नपाउंदा स्वास्थ्य सेवा दिनका लागि समस्या हुन सक्ने बताए ।मुटु अस्पतालले प्राप्त गरेको जग्गा अनुकरणीय रहेको बताउदै यो सरकारी निकायबाट भएको झमेला तत्काल मिलाउनु पर्नेमा उनले जोड दिए ।
स्वास्थ्यसंग जोडिएको विषय भएको हुंदा मुटु अस्पतालका लागि जग्गा मिलाउन सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाए ।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले स्वास्थ्य सेवा दिन सफल मुटु अस्पताललाई थप व्यवस्थित गर्नुपर्ने बताउंदै अस्पतालको विकासका लागि सहयोग पुराउने प्रतिवद्वता व्यक्त गरेका छन् ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले बिमा बोर्डबाट निःशुल्क सेवा वापतको रकम भुक्तानीमा ढिलाइ गरेको हुंदा अस्पताल आर्थिक संकटमा परेको बताए ।
अस्पतालले गत बैशाखदेखि करिब ७ करोड रुपैयां लिन बांकी रहेको जानकारी गराउंदै अस्पतालले स्वास्थ्य सेवा दिने विषयमा भने केही कमी नभएको अध्यक्ष आलमको भनाइ छ ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, रोटरी डिष्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारी गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक समिर गौतमले मन्तब्य राखेका थिए ।
अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता र सचिब दिनेशराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।