नेपालको जयहोस् भन्ने गीतको छायाकंन हुने

बुटवल, पुस १३ गते । नयां पुस्तामा आफ्नो देश नेपाल र नेपालप्रति थप मायां जगाउने उद्देश्यले स्वतन्त्र नागरिक समूह नेपालले देशभक्ति गीत नेपालको जयहोस् भन्ने गीतको छायाकंन गर्ने भएको छ ।
स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम फेरि जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउने लागेको हो । समुहले बुधवार बुटवलमा पत्रकार सम्मेलन गरी म्युजिक भिडियो तयार गर्नेबारे जानकारी गराएको छ ।
राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावनालाई नेपाली जनसमुदायमाथि प्रस्तुत गरी राष्ट्रको राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने देशभक्ति आन्दोलनको सवालमा एउटा इट्टा थप्न सक्ने विश्वाससहित गीत छायांकन गर्न लागिएको स्वतन्त्र नागरिक समूह नेपालका अध्क्षय विश्वराज गैरेले जानकारी गराए ।
गीतका छायांकन तथा नृत्य निर्देशक कमल राईले आजकालका गीत संगीतले मनमा छुन नसकेको अवस्थामा नयां देशभक्ती गीतको रुपन्देहीको बुटवल, लुम्बिनी लगायतका ठाउंबाट छायाकंन हुने बताए ।
आजकल अनुशासनको कमी भएको बताउँदै यस गीतले सबै पुस्तामा देशप्रेम बढाउने नृत्य निर्देशक कमल राईले बताए ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहने छ । ६ मिनेट २० सेकेन्ड लामो गीतको सुटिङ बुटवलको नयागांउस्थित मुक्तिनाथ धाममा पुस १५ गते शुभमुहर्त गरिने छ ।
तीन दिनसम्म चल्ने सुटिङ लुम्बिनी, मणिग्राम लगायत पर्यटकीय क्षेत्रहरुमा हुने छ । प्रविधि र प्राविधिक टिम भने काठमाडौबाट आउने टोलीले गर्नेछ । ४० वर्षदेखि फिल्ममा नृत्य निर्देशकको रुपमा योगदान दिएका कमल राईले यो गीतको म्युजिक भिडियो सुटिङ गर्ने छन् ।
पाच सय बढि फिल्ममा काम गरेको अनुभव बटुलेका राई म्युजिक भिडियोमार्फत पहिचानमा आउन लागेका छन् ।

नेपालको जयहोस् भन्ने गीतको शब्द, संगित र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको छ । कलाकार अनिल पहाडीको सहयोग रहेको छ ।