मनाईयो ल्होसार पर्व

बुटवल, पुस १५ गते । आज पुस १५ गते । गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएको छ । पुरानो वर्षलाई बिदाइ गरी नयां वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
ल्हो को अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारलाई गुरुङहरुले नयां वर्षका रुपमा भव्यरुपमा मनाएका छन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसंग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुं, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।   
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । ल्होसारको अवसरमा आज रुपन्देहीका विभिन्न स्थानमा गुरुङले विभिन्न कार्यक्रम गरी तमु ल्होसार पर्वका छन् ।