नेपालको जयहोस् गीतको छायांकन पोखरामा

बुटवल, पुस १८ गते । स्वतन्त्र नागरिक समूह नेपालले, नेपालको जयहोस् गीतको कास्कीको पोखरामा पनि सोमबार छायांकन तथा सुटिङ गरेको छ ।
गत १५ गते शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइत जुराएर छायाकंन तथा सुटिङ शुरु शुभारम्भ भएको थियो । छायाकंनको शुभारम्भ भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको गिर्वाण माध्यामिक विद्यालयमा र तिलोत्तमाकै शंकरनगर वनवाटिकामा छायाकंन तथा सुटिङ गरिएको थियो ।
दुई दिनसम्म गौतमबुद्वको जन्मस्थल र बुटवलको नयांगाउंस्थित पिशपार्कपछि कास्कीको पोखरामा छायांकन तथा सुटिङ गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन् ।
छायांकन तथा सुटिङको चौथौ दिन पर्यटकीयस्थल कास्कीको पोखराको वेगनास ताल र लामा डांडामा छायांकन गरिएको छ ।
कास्कीको पोखरामा छायाकंन सकिएको र अब केही दिनमा नेपालको जयहोस् भन्ने गीतलाई अन्तिम रुप दिइने समूहका अध्यक्ष विश्वराज गैह्ेले बताए ।
नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको छ ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।
राष्ट्र भक्तीको भावजालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।
नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले जानकारी गराएका छन् ।
स्वतन्त्र नागरिक समूह नेपालले आमनेपाली जनतामा देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाएको हो ।
अबको केही दिनमा भिडियासहितको गीत बजारमा आउने छ ।