एमालेका थापा र भट्टराईबीच टकराब,थापाको आलोचना

बुटवल, माघ १० गते ।प्रतिनिधि सभा सदस्यका लागि प्यूठानबाट निर्वाचित सदस्य सुर्य थापाले आफ्नै पार्टी एमालेका नेता खिमलाल भट्टराईलाई चुनाव लडेर नजितेकोप्रति व्यङे गर्दै बिरोध गरेका छन् ।मन नपरेपछि तिखो कटाक्ष गर्न माहिर मानिने थापाले आफु भन्दा अग्रज नेता खिमलाल भट्टराईलाई तीखो कटाक्ष गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा पैसाको माला लगाएको फोटो राखेर मायां– माया र चोखो माया भन्दै स्टाटस लेखेका थिए । उक्त फोटोमा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले के हो यो ? भनी लेखेर प्रतिक्रिया दिएका छन् ।
तर भट्टराईको प्रतिक्रियामा थापाले विपक्षी र विरोधीलाई जस्तै तीखो कटाक्षपूर्ण जवाफ फर्काएर बिरोध जनाएका छन् ।
थापाले भट्टराईलाई ‘चुनाव लडेर जनताबाट डाइरेक्ट चुनिएको जितेको भा थाहा पाउनुहुन्थ्यो राष्ट्रिय सभाका भुतपूर्व विपक्षी नेता ज्यू लेखेर तीखो प्रहार गरेका हुन् । यस्तो जवाफमा भट्टराईले पुनः प्रतिक्रिया जनाउंदै भनेका छन् – जनताको माया पाउने चुनाव लड्ने र जित्नेले मात्र होइन है कमरेड । तपाईले जितेको र माला लगाएकोमा म असाध्यै खुशी छु लेखेका छन् ।
भट्टराई रुपन्देहीबाट निर्वाचित निवर्तमान राष्ट्रिय सभा सदस्य हुन् ।चुनाव जितेपछि माला र खादाको धेरै प्रयोग गरेको भन्दै आलोचना भएपनि थापाले यसलाई स्वभाविक भन्दै आएका छन् ।उनले जनताले माया गरेर करिब ३० ट्रक हाराहारी फुलको माला आफुलाई लगाइदिएको बुटवलको एक पत्रकार भेटघाट कार्यक्रममा बताएका थिए ।
भट्टराई र थापा एमालेभित्र विगत देखि नै एउटै विचार समूह अर्थात अध्यक्ष केपी ओली समूहका नेता मानिन्नछन् ।
थापा भन्दा भट्टराई सिनियर हुन् । थापाको तीखो कटाक्षले भट्टराईलाई अपमान गरेका केही नेताहरु बताउछन् ।
एउटै पार्टीका आफू भन्दा सिनियर नेताले सोधेको सामान्य प्रश्नको जवाफमा त्यसरी विपक्षी र विरोधीलाई गर्ने व्यवहार गर्न नहुने बताउछन् एमालेका एक नेता ।
चुनाव जितेका शूर्य थापाका अहंकार देखिएको भन्दै एमालेका कार्यकर्ता बताउछन् ।
आफुभन्दा सिनयर नेतालाई अपमान गरेर शूर्य थापाले गलत सन्देश दिएको भन्दै अहिले थापाको एमाले भित्रै आलोचना भएको छ ।