बुटवलमा सुविधा सम्पन्न दुई वटा स्वास्थ्य केन्द्र बन्ने


बुटवल, माघ १३ गते । रुपन्देहीको बुटवलमा सुविधा सम्पन्नसहितका दुई वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिकाले बुटवलको मोतिपुर बेलवासमा अक्सिजनसहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बन्ने छन् ।
मोतीपूरमा शुक्रबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्याश गरेका छन् ।
स्वास्थ्य केन्द्र भवनको शिलान्याश गर्दै प्रमुख पाण्डेयले मोतीपूरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताए ।
तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपूरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको हो भने ।
यसअघि वडा नं. १३ को बेलबासमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको स्मरण गर्दै प्रमुख पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि मोतीपूर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।


उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए ।
तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’–उने भने ।
नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य केन्द्रले मोतीपूर र आसपासको क्षेत्रले लाभ लिने बताईन । उनले आगामी दिनमा अरु सुविधाहरु विस्तार गर्दै जाने योजनामा रहेको जानकारी गराइन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रै पछाडि परेको क्षेत्रमा बन्ने स्वास्थ्य केन्द्रले दीर्घकालसम्म लाभ दिलाउने बताए ।
वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मी, १८ का अध्यक्ष गुरुप्रसाद पंगेनी, वडा नं. १९ का अध्यक्ष चन्द्रसिंह थापा, इन्जिनियर सोमनाथ अधिकारी, वडा सचिव राधिका श्रेष्ठ, जग्गादाताको तर्फबाट भक्तबहादुर कार्कीलगायतले बोल्दै स्वास्थ्य केन्द्र निर्माणले मोतीपूर र आसपासको क्षेत्रमा स्वास्थ्य सुविधा उपलब्ध हुनेमा जोड दिए ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने जानकारी गराए ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
जनस्वास्थ्य शाखा प्रमुख पाण्डका अनुसार स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्ने सम्मका उपचार हुने र ३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










