शहीदको सम्झना

लुम्बिनीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्दारा शहीदप्रति सम्मान प्रकट

बुटवल, माघ १६ गते । जनताको पक्षमा परिवर्तनका लागि दीलो ज्यान दिएका शहीदहरुको सम्झानामा शहीद दिवस मनाईएको छ । देशको राष्ट्रिय र जनताको हक अधिकारका लागि आहुती दिएका शहीदकोे सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईएको हे ।
नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउन जहानीयां राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाउने गरिन्छ ।
प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन आज विशेष रुपमा शहीद दिवस मनाईएको हो । a
शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिईएको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म नेपालमा शहीद सप्ताह मनाउने गरिन्छ । शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो ।
शहीद धर्मभक्त माथेमालाई सिफलमा विक्रम सम्वत् १९९७ कै माघ १३ गते र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो ।
राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट हुन शिक्षित गरेको आरोपमा १९९७ मा उहांहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न समयमा भएका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई शहीद घोषणा गर्ने प्रचलन बढेको छ ।
तर सरकारसंग हालसम्म देशमा कति व्यक्ति शहीद भए भन्ने आधिकारिक तथ्यांक छैन । तर शहीदको नाम सुन्ने वित्तिकै यी नै चारजना शहीदको सम्झना गरिन्छ ।
विभिन्न अवसर तथा चाडपर्वहरुमा सरकारले सार्वजनिक बिदा दिएपनि शहीद दिवसको अवसरमा भने सार्वजनिक बिदा दिएको छैन ।

प्रदेश प्रमुख अमिक शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री लिला गिरीले शहीदहरुप्रति सम्मन प्रकट गर्दै शहीदहरुप्रत श्रदाञ्जली अर्पण गरेका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री लिला गिरीले शहीद दिवसका अवसरमा छुट्टाछुट्टै विज्ञप्ती जारी गरी शहिदहरुप्रति सम्मान प्रकट गरेका हुन् ।
शहीदहरुको वलिदानको जगमा नेपाल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधिनता राष्ट्र निर्माण भएको प्रदेश प्रमुख अमिक शेरचनले विज्ञप्तीमार्फत बताएका छन् ।
उनले शहीद दिवसको अवसरमा प्रदेश प्रमुख शेरचनले विज्ञप्ती जारी गरी शहिदहरुको वलिदानबाट प्राप्त भएको संघीय लोकतान्धिक गणतन्त्रको समुचित व्यवस्थापन आजको आवश्यक्ता भएको बताएका छन् ।
मुख्यमन्त्री लिला गिरी

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नागकि स्वतन्त्रता र जनजीविकाको लडाईमा जीवन वलिदान गर्नुहुने शहीदहरु लखन थापा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द्र लगायत शहीदहरुप्रति सम्मन प्रकट गर्दै श्रदाञ्जली अर्पण गरेका छन् ।
मुख्यमन्त्री लिला गिरीले शहीदहरुको वलिदानबाट मात्रै परिवर्तन सम्भव भएको विज्ञप्तीमार्फत बताएका छन् ।
शहीदहरुकै वलिदानबाट परिवर्तनका उपलब्धी हासिल गर्न सम्भव भएको बताउंदै मुख्यमन्त्री गिरीले समावेशीता र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको मुख्यमन्त्री गिरीले बताएका छन् ।