जनमुखी आधारभूत विद्यालयको वार्षिकोत्सव र अभिभावक भेला

भानु जीएम
दाङ, माघ १७ गते । जनमुखी आधारभूत विद्यालय गढवा १ रङसिङ देउखुरी दाङको ३८ औं वार्षिकोत्सव तथा अभिभावक भेला एक समारोहकाबीच सम्मपन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शितगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भीम बहादुर केसी रहेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा पूर्व विदालय व्यवस्थापन समितिका अध्यक्षहरु चन्द्रमणि पौडेल, कृण्ण गिरी, एकबहादुर कुमाल ,जनता मावि कालाकाटेका प्रअ. वासुदेव वेल्वासे, आवि .वनघुस्रीका प्रअ. राजीतराम यादव, प्रा.वि .बडहराका प्रअ ओमबहादुर मगरले आआफ्ना भनाइ राखेका थिए ।
यसैबीच विद्यालयका पूर्व अध्यक्ष चन्द्रमणि पौडेललाई सम्मान गरिएको थियने भने वर्षको उत्कृष्ट शिक्षकको रूपमा भगत नारायण चौधरीलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रअ.ज्ञानहरि रिजालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए,भने स्वागत मन्तव्य शिक्षक भगतनारायण चौधरीले राखेका थिए । २०७८ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको कार्यक्रमको संचालन शिक्षक प्रद्युम्न चौधरीले बताएका छन् ।