मुख्यमन्त्री गिरीलाई ट्रक व्यवसायी महासंघ, लुम्बिनी प्रदेशको सम्मान

 

 

बुटवल/नेपाल ट्रक व्यवसायी महासंघ, लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीलाई एक कार्यक्रमकावीच बधाई तथा सम्मान गरेको छ ।


प्रदेश राजधानी देउखुरीमा एक कार्यक्रमका वीच मुख्यमन्त्री गिरीसहित सभामुख तुलबहादुर घर्ती तथा मन्त्री चेतनारायण आचार्यलाई सम्मान गरिएको थियो । मुख्यमन्त्री गिरिलाई नेपाल ट्रक व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डेले सम्मानपत्र तथा खादा लगाएर सम्मान गर्नु भएको थियो । सो अवसरमा महासंघका पुर्व केन्द्रीय अध्यक्ष अर्जुन रानाभाट, वर्तमान वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, उपाध्यक्ष गणेश घिमिरे, खगराज गौतम, महासचिव हरि प्रसाद कंडेल, राप्ती ट्रक व्यवसायी संघका अध्यक्ष रत्नबहादुर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।


त्यस अवसरमा महासंघका पुर्व केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रका समस्या र आवश्यक्ताका बारेमा मुख्यमन्त्रीलाई अवगत गराउदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
मुख्यमन्त्री गिरिले आफुलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै यातायात क्षेत्रका समस्याका बारे सोही क्षेत्रमा व्यवसायीहरुसंग बसेर छलफल गर्ने र समाधानका उपायहरु खोज्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।