भैलोबाट संकलित रकमबाट विधार्थीलाई छात्रवृत्ति

बुटवल, माघ २१ गते । अनेरास्ववियु राममणी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा तिहारमा देउसी भैलो खेलेर संकललित रकमबाट जेहेन्दार बिधार्थीलाई हरुलाइ छात्रवृत्ति प्रदान गगरिएको छ । राममणी बहुमुखी क्याम्पसमा अध्यनरत जेहेन्दार बिद्यार्थीलाई हरुलाइ छात्रवृत्ति प्रदान गरिएको हो ।
क्याम्पसमा अध्यनरत २० जना बिद्यार्थीलाई १५ सयका दरले ३० हजार सहयोग गरिएको क्याम्पस कमिटि अध्यक्ष सुदन बस्यालले जानकारी गराए ।
कार्यक्रममा बोल्दै तिलोतमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले अनेरास्वबीयुले राजनीतिक परिवर्तनसंगै सामजिक क्षेत्रमा पनि काम गर्नुपर्ने बताए ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई सानो सहयोगले थप टेबा पुग्ने बताउदै आगामी दिनमा रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दि आग्रह गरे ।
कार्यक्रम अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष सुदन बस्यालको अध्यक्षयता पूर्ब सचिव सागर घिमिरेको सन्चालन तथा क्याम्पस कमिटिका पूर्ब अध्यक्ष योगेस पराजुलीको स्वागतमा कार्यक्रम भएको हो ।