लायन्स क्लव अफ बुटवल डायनामिक टुरिजमद्दारा विद्दार्थीलाई स्टेशनरी वितरण

बुटवल, माघ २२ गते । लायन्स क्लव अफ बुटवल डायनामिक टुरिजमको चौथो बोर्ड बैठक बसेको छ । बोर्ड बैठकको अवसरपारेर लायन्स क्लव अफ बुटवल डायनामिक टुरिजमले बुटवल ३ चिडियाखोलास्थित कृष्ण प्रणामी मन्दिरका बटुक तथा विद्यार्थीलाई खाना खुवाउनुका साथै स्टेशनरी वितरण गरिएको छ ।
क्लबका सहकोषाध्यक्ष बाबुराम गौतमले आफ्ना आमाबुवा स्व खुमानन्द गौतम, आमा रमा गौतम र राधिका गौतमको पूण्य तिथि र सम्झनामा सो कार्यक्रमको सौजन्य गरेका हुन् ।
कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही संस्थापक सचिव माधवप्रसाद नेपालले यस्ता खालका सामाजिक कार्यको प्रशंसा गर्दै अगामी दिनमा क्लबले पर्यटनको विकास र सहयोगका कार्यमा एकजुट हुन आग्रह गरेका छन् ।
कार्यक्रममा कार्यक्रम संयोजक बाबुराम गौतमले मानवीय सेवा नै धर्म भएको बताउंदै समस्या र आवश्यक परेको ठाउंमा सहयोग गर्दै जाने प्रतिवद्वता जनाए ।
कार्यक्रमा क्लबका चार्टर प्रेसिडेन्ट समुन्द्र जीसी. क्लबका गाइड लाइनर रामप्रसाद गौतम, निर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले यस्ता सामाजिक कार्यको निरन्तरता दिनुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता ,क्लबका प्रथम उपाध्यक्ष माधवकुमार खनालको स्वागत,क्लबका द्धितीय उपाध्यक्ष टिकाराम ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।