ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र भण्डारीको आमा घाइते

बुटवल, फागुन ४ गते । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद चन्द्र भण्डारी र भण्डारीको ८६ वर्षीया आमा घाइते भएका छन् ।
काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा बुधबार राती ग्याँस सिलिण्डर विस्फोट भएको घरपरिवारले बताएको छ ।
राती खाना आएर सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र भण्डारीको आमा घाइते भएका थिए ।
उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।