सैनामैना मेमोरियल स्कुलले मनायो २२ औ अभिभावक दिवस

असिम सोमै बने मेमोरियल डान्स स्टार

सैनामैना, फाल्गुण–९ गते । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा सञ्चालित सैनामैना मेमोरियल स्कुलले २२ औ अभिभावक दिवस मनाएको छ । साथै स्कुलले मेमोरियल डान्स स्टारको फाईनल प्रतियोगिता सम्पन्न गरेको छ।
विद्यार्थीको शिक्षण सिकाईका साथसाथै समान महत्वका साथ अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आएको विद्यालयले विगतका ३ बर्ष कोरोना महामारीका कारण कार्यक्रम आयोजना गर्न पाएको थिएन।
सोमबार विद्यालय परिसरमा आयोजित अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम एवम पुरस्कार वितरण गरिएको छ ।
सोही कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र प्रसाद शर्माले विद्यालयले आफ्नो निरन्तरको अब्बल शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फको नतिजाका कारण नगरमा आफ्नो छुट्टै पहिचान दिन सपल भएको बताए ।


नगरमा समग्र शैक्षिक विकासका लागि सामुदायिक र सन्स्थागत विद्यालयहरुलाई समान व्याबहार नगर प्रमुखले प्रतिवद्वता जनाएका छन् ।
उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सरह संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सैनामैना नगरपालिकाले समान अधिकार दिने बताए ।
स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने कुरामा आफु सचेत रहेको बताउंदै नगर प्रमुख शर्माले भने – मेमोरियलका विद्यार्थी स्वयमले निर्माण गरेको परिकार अभिभावक दिवसमा अभिभावकहरुलाई नै खुवाउनु विद्यालयको अनुकरणिय पक्ष हो ।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय सचिव कृष्ण पौडेल, केन्द्रिय सल्लाहकार राजु गुरुङ, अभिभावक संघ नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, अभिभावक संघ सैनामैनाका नगर अध्यक्ष बिष्णुप्रसाद पाण्डे, वडा नम्वर १ का ववडाध्यक्ष भुवन क्षेत्री, वडा सदस्य प्रेम भुसाल लगायतले आआफ्ना भनाइ राखेका थिए ।
यसैवीच विद्यालयले विगत महिनादेखि सन्चालन गर्दै आएको बहु लोकप्रिय कार्यक्रम मेमोरियल डान्स स्टारको फाईनलसमेत सम्पन्न गरेको छ। जम्मा १६० जना विद्यार्थीले भाग लिएको प्रथम चरणबाट टप–३० हुदै तेस्रो चरणका प्रवेश गरेका टप १० को २ चरणको प्रस्तुतीबाट कक्षा ४ का असिम सोमै चेम्पियन बन्दै नगद रु ७ हजार, ट्रफी र प्रमानपत्र प्राप्त गर्न सफल बहेका छ्न।


यसैगरि कक्षा ८ कि दिपिका बि सी फ्रस्ट रनर अप बन्दै रु पाच हजार , कक्षा ९ कि अन्सुका घर्ती तेस्रो बन्दै नगद रु ३००० तथा रोस्ना हिस्कीले चौथो स्थान प्राप्त गर्दै रु १५०० को साथमा ट्रफि र प्रमाण पत्र प्राप्त गरेका थिए।
विद्यालयका विद्यार्थीको मौलिक पन्चेबाजाको प्रस्तुतिले कार्यक्रममा सबैको ध्यान खिचेको थियो भने विद्यालयले नियमित ५ बर्ष सेवा गर्ने शिक्षक्शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान पत्रले सम्मान गरेको थियो।
विद्यालयले सोही अवसरमा ६५० बढी विद्यार्थीलाई खेलकुद तर्फको पुरस्कार तथा २५० बढीलाई बर्षभरको अतिरिक्त क्रियाकलाप तर्फको पुरस्कार समेत बितरण गरेको विद्यालयका अतिरिक्त क्रियाकिलाप बिभाग प्रमुख डी बि खत्रीले जानकारी गराएका छन् ।
कार्यक्रममा विद्यालयबाट शैक्षिक सत्र २०७६, २०७७ तथा २०७८ मा एस ई ई तह उत्तिर्ण गरेका विद्यार्थीलाई बिशेष सम्मान गरिएको थियो भने कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले निर्माण गरेका बिभिन्न परिकारहरु राखिएको फुड फेस्टिभलमा दिनभर जसो अभिभावक एवम विद्यार्थीहरुको घुइचो लागेको थियो।
विद्यालय सन्चालक समितिका अध्यक्ष बुद्धिमान थापाको अध्यक्षता र अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख डिबि खत्रीको सन्चालन रहेको कार्यक्रमको स्वागत सह–प्राचार्य पदम अर्यालले गरेका थिए ।
स्कुलका प्राचार्य जेबि क्षेत्रीले विद्यालयमा सन्चालित गतिबिधिहरु समेटिएको एवम् भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।