इन्टलेक्युअल स्कुलमा जीवन उपयोगी शिक्षा

इन्टलेक्युअल मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

बुटवल, फागुन ८ गते । रुपन्देहीको बुटवलमा सञ्चालित इन्टलेक्युअल स्कुलले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बुटवल वडा नम्बर ११ मा रहेको स्कुलले सोमबार विशेष कार्यक्रमका साथ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।


कार्यक्रममा बोल्ने वक्ताले समयको माग अनुसार शिक्षामा परिमार्जन गरी उत्कृष्ट जनशक्ती उत्पादन गर्ने गरी विद्यार्थीलाई अध्ययन गराउन सुझाव दिएका छन् ।
समाजलाई कस्तो बनाउने भन्ने प्रमुख हात शिक्षाको भएकाले अन्तर्राष्ट्रिय बजारमा बिक्ने खालको शैक्षिक जनशक्ती उत्पादन गर्नुको विकल्प नभएको बताए ।
शिक्षालाई व्यवशारिक र बैज्ञानिक बनाउनु पर्ने र तयसका लागि अधिकांस समय विद्यार्थी घरमै हुने भएकाले आफ्नो सन्ततिलाई कस्तो बनाउने भन्ने विषयमा अभिभावक तथा बुवाआमाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अहिलेको प्रवृधिको युगमा विद्यालयको मात्र भर पर्न नहुने र विद्यार्थीलाई घरबाटै राम्रो संस्कार सिकाउनु पर्ने उनीहरुले बताए ।
सोही कार्यक्रमकी प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले ठूलो योगदान पुराएको बताइ न ।
उनले इन्टलेक्युअल स्कुलले स्कुलले शैक्षिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै भनिन् – आगामी दिनमा स्कुलले अझै प्रगति गर्नुपर्छ र दक्ष विद्यार्थी उत्पादन गर्नुपर्छ ।
इन्टलेक्युअल स्कुलले जस्तै सबै स्कुलहरुले शैक्षिक गुणस्तरवृद्धि गर्न आवश्यक रहेको बताउंदै बुटवललाइ शिक्षको हवको रुपमा विकास गर्नुपर्छ र त्यसका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताइन ।

विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेलले जीवन उपयोगी शिक्षा आजको आवश्यक्ता भएकाले इन्टलेक्युअल स्कुलले जीवन उपयोगी तथा व्यवहारिक शिक्षामा विद्यार्थीलाई केन्द्रित गरेको बताए । उनले विद्यार्थीलाई सही प्रकारको संस्कार दिएर अनुशासित बनाउनका लागि प्रयोगआत्मक शिक्षालाई बढी जोड दिइएको बताउंदै स्कुलका लागि अभिभावकहरुको साथसहयोगका साथै सुझाव सल्लाहा आवश्यक पर्नेमा जोड दिए ।

विद्यालयका अधयक्ष गोविन्द्र मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आर्चाय, पत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, अन्टारटिकामा पहिलो पटक पुग्ने भुवनसिंह विक लगायतले आआफ्ना भनाइ राखेका थिए ।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीले विभिन्न विद्यागत सांस्कृतक कार्यक्रम प्रदर्शन गर्नुका साथै विभिन्न संस्कार, संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
मल्लकालीन सभ्यताका धिमा नांच लगायत विभिन्न जातजातीसंग सम्बन्धित गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै व्यवहारिक खालको नाटकसमेत प्रस्तुत गरिएको थियो ।
विद्यार्थीले बनाएका विभिन्न प्रकारका बस्तुहरुको स्टलसमेत राखिएको थियो ।

स्कुलले वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रमा वा विद्यामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी सम्मान तथा पुरस्कृत गरेको थियो । त्यस्तै कर्मचारी र शिक्षक, शिक्षिकाहरुलाईसमेत सम्मान गरिएको थियो ।