स्थापना दिवशको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

 

 

 

बुटवल/विगतका वर्षहरुमा जस्तै रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले आफ्नो स्थापना दिवशको अवसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले संयुक्त रूपमा अर्घाखाचीको पाणिनी गाउपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा करिव साढे ४ सय जनाको निशुल्क स्वाश्थ्य परिक्षण गरिएको थियो ।


रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. मुक्ती पन्थीको अध्यक्षता, पाणिनी गाउपालिकाका प्रमुख टेकराज न्यौपानेको प्रमुख आतिथ्यथा, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. योगेन्द्र कडेलको स्वागत मन्तव्य र रो. बालकृष्ण पाण्डेको संचालनमा शिविरको उद्घाटन कार्यक्रम गरिएको थियो । त्यस अवसरमा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारी, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल लगायत बोल्नु भएको थियो ।


शिविरमा आधुनिक समाज डेण्टलले निःशुल्क दन्त सेवा प्रदान गरेको थियो। चौतारी नेपाल हेल्थ फाउण्डेशनको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा करिब तिन लाख पचास हजार बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो। औषधी वितरणमा नेपाल फार्मेसी संघ अर्घाखाचीको समन्वय रहेको थियो।