रुपन्देहीमा भूमिहीनको लगत संकलन कार्य जारी, व्यवस्थित बसोवास बनाउने लक्ष्य
![](https://nayadishaonline.com/wp-content/uploads/2021/03/IMG_20210316_143850_623-scaled.jpg)
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357622966_794524715535073_6037331566326578600_n.jpg)
चैत्र ३, बुटवल । रुपन्देहीमा अव्यवस्थित बसोबासमा रहेका तथा भूमिहीन परिवारको लगत संकलन कार्य भैरहेको छ । स्थानीय तहका वडा कार्यालयहरुको सिफारिसका आधारमा भूमि सम्वन्धि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले तथ्यांक सकलनको कार्य गरिरहेको हो ।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/308463823_1115005542726158_1075373799681304027_n.jpg)
मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी आयोगले रुपन्देहीमा झण्डै एक लाखको संख्यामा अव्यवस्थित बसोबासमा रहेका तथा भूमिहीन परिवारको विवरण समेत सार्वजनिक गरेको छ। जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थीत बसोबासी तथा अधुरा कार्यसँग सम्बन्धित एक लाख घर परिवारले जग्गाको स्वामित्व प्राप्त गर्न निवेदन दिन सक्ने गरी कार्य भैरहेको जिल्ला समिति रुपन्देहीले जनाएको छ।
तथ्यांक संकलन गरिएका पालिकाहरु मध्ये बुटवल उपमहानगरपालिकामा सवैभन्दा धेरै छन् भने मायाँदेवी गाउपालिकामा सवै भन्दा कम छन् । तथ्यांक अनुसार बुटवल उपमहानगरपालिकामा १५ हजार ४ सय ३० परिवार छन् भने मायादेवी गाउँपालिकामा ७ सय १६ परिवार छन् । त्यस्तै देबदह नगरपालिकामा १४ हजार ३ सय ४३, सैनामैना नगरपालिकामा १३ हजार, तिलोत्तमा नगरपालिकामा ७ हजार ७ सय ३२, कञ्चन गाउँपालिकामा १२ हजार ६ सय ८६, गैडहवामा ८ हजार ९ सय १५ परिवार रहेको आयोगका जिल्ला अध्यक्ष बलबहादुर आचार्यले बताए।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357989126_242148201936365_5896978333846174401_n.jpg)
सियारी र शुद्धोधन गाउँपालिकामा तथ्यांक संकलनको कार्य सुरु भएको छ। सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकामा, कोटइमाइ, मर्चवारी र सम्मरीमाइ गाउँपालिकामा पनि तत्यांक संकलनको तयारी सुरु गरिएको उनले बताए ।