लुम्बिनी प्रदेशको राजधानी आसपासको जग्गा फुकुवा गर्नुपर्छ – सांसद थापा

दाङ, फागुन १७ गते । राष्ट्रिय जनमोर्चाकी लुम्बिनी प्रदेश सांसद तारा थापाले प्रदेशको राजधानी क्षेत्रको जग्गा फुकुवा गर्न माग गरेकी छन् ।
बुधबार लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै सांसद थापाले स्थानीय तहका १४ वटा वडामा जमिन रोक्का हुंदा स्थानीय समस्यमा परेको बताईन ।
लामो समयदेखि व्यक्तिको घरजग्गा रोक्का गर्न नहुने बताउंदै तत्काm फुकुवा गरी राजनधानी क्षेत्रका जनताको माग सम्बोधन गर्न सरकारसंग माग सांसद थापाको माग छ ।
दाङ, देउखुरी वा राजधानी क्षेत्रमा गत २९ महिना पहिलादेखि राजधानी निर्माण गर्ने योजनामा ३ वटा स्थानीय तह अन्तर्गत १४ वटा वडामा जमिन कारोबार रोक्का गरिएको स्मरण गराउंदै सांसद थापाले भनिन् –स्थानीयको जनजीवन जटिल र कष्टकर हुँदै गइरहेको छ ।
विद्यार्थीको पठन पाठन, घरपरिवार चलाउन, उच्च शिक्षाको प्रक्रियाहरु अगाडी वढाउन बाधा र अर्चन पुगेकाले रोक्का गरिएका जमिनहरु खुला गर्नुपर्छ ।
उनले प्राकृतिक स्रोत साधनको अवैध दोहन र भारत निकासी भइरहेकोतर्फ ध्यानाकर्षण गराउंदै त्यसलाई तत्काल रोक्न माग गगरिन ।

नदीजन्य वस्तुहरूको अवैध उत्खननलाई नियन्त्रन गर्ने सम्बन्धित निकाय भनेको सरकार नै हो । स्थानीय तहले राजस्व सञ्चालनको नाममा बालुवा गिट्टी, ढुंगा खोलानालाबाट अवैधरुपमा उत्खनन गरे अनियन्त्रित रूपमा दक्षिणतर्फ गइरहेको भन्दै सांसद थापाले यसलाई तुरुन्त नियन्त्रण गर्न ध्यानाकर्षण गराइन ।
सांसद थापाले राष्ट्रिय जनमोर्चाले कपिलवस्तु नवलपरासी रुपन्देहीलाई बौद्ध पुरात्तात्विक ऐतिहासिक सहर निर्माण अभियान चलाएको जानकारी दिँदै यसले लुम्बिनी प्रदेशलाई अत्याधिक सम्भावना रहेको क्षेत्र भनी विश्वलाई चिनाउने बताइन ।

सांसद थापाले गएको मंसिर ४ को निर्वाचनपछि साम्राज्यवादी शक्तिले प्रत्यक्ष रुपमा घुसेर चलखेल बढाउंदै गएकाले सचेत हुन सबैलाई आग्रह गरिन् ।