हार्दिक श्रद्धाञ्जली विशाल बा

प्रदीप जीसी
प्यूठान जिल्ला झिमरुक गाउंपालिका ५ ओखरकोटमा वि स २००७ माध १४ गते जन्मनुभएका आदरणीय बुवा पदम बहादुर जी सी प्युठानबाट भारत हुदै वि स २०५१ सालमा बुटवलमा आउनुभएको थियो ।तत्कालीन समयमा यहाँ आइ पेसा, व्यवसाय वा अध्यन गर्ने केही सिमित ब्यक्ति र ब्यबसायी संस्था मध्ये सबैभन्दा अग्रपङ्क्तिमा आउने नाम थियो बुटवलको अस्पताल लाइनमा सञ्चालित बिशाल पुस्तक सदन अनि पदम बहादुर जी सी ।

यो नाम हरेक प्युठानी जो बिरामी परेर उपचारका लागि आउने, उच्च शिक्षा अध्ययन गर्न आउने, जागिरको सिलसिला वा अन्य जुनसुकै कारणले भएपनि यहाँ आउनेहरुको मनमनमा अनि हरेक ओठहरूमा झुण्डिएको हुन्थ्यो कारण उहाँ अर्थात् बुवा पदम बहादुर जी सी को सेवाभावको साथसाथै अभिभावकीय भूमिका यसै सन्दर्भमा वि सं २०५८ सालमा उहाँकै नेतृत्वमा समग्र प्युठानीहरुको दुख सुखमा सारथी बन्ने उद्देश्यले प्युठान रुपन्देही सम्पर्क मञ्चको स्थापना भएको थियो उहाँले २ कार्यकाल सम्पर्क मञ्चको अध्यक्ष भएर प्युठानी दाजुभाइ दिदीबहिनीहरूको हितमा काम गर्नुभयो । तत्कालीन समयमा प्युठान देखि बुटवल सम्म यातायातको असहजता अनि सञ्चारको सहज पहुँच नहुदा आफ्ना बुवाआमा वा घरपरिवारसँग लामो समयसम्म भेटघाट वा संवादको वातावरण नपाउँदा घरको न्यास्रो मेट्ने एउटै थलो थियो बिशाल पुस्तक सदन अनि पदम बहादुर बुवा ।

म स्वयम् आज भन्दा करिब २० वर्ष अघि अध्ययनको शिलशिलामा बुटवल आए देखि आजसम्म सबैभन्दा नजिकको अभिभावक, आदर्शवान ब्यक्ति, मैले राम्रो गर्दा खुसी हुने र गलत गर्दा गाली र सुझाव दिने ब्यक्ति आदरणीय बुवा पदम बहादुर जी सी हुनुहुन्छ१ उहाँ मेरो मात्रै नभएर सम्पूर्ण प्युठानीहरुकै बा को रुपमा हुनुहुन्छ१ आफ्नो गोजीमा रहेका मकैभट्ट देखि महि र चिया समेत एक्लै कहिल्यै खानुभएन, हात मिलाउने बहानामा गोजीका मकैभट्ट सुटुक्क निकालेर अरुको हातहातमा राखिदिनु हुन्थ्यो । भाडाको घरमा बस्दा पनि कैयौ प्युठानीहरुलाइ आफ्नो कोठामा राखेर आश्रम दिनुहुन्थ्यो१ उहाँको सल्लाह र प्रेरणादायी भूमिकाको कारण थुप्रै प्युठानीहरु अहिले बुटवलमा राम्रैसंग जमेर ब्यापार, ब्यबसाय तथा बिभिन्न संघसंस्थामा स्थापित भएका छन्छ ।

बडो संघर्षका साथ बुटवलमा आफ्नो छुट्टै पहिचान र स्थापित हुनुभएको आदरणीय बुवाको हिजो साँझ अर्थात् २०७९र११र२४ गते राति ८स्५० मा उहाँ सदाका लागि ब्रहमलिन हुनुभयो१ करिब एक महिना अघि देखि अस्वस्थ हुनुभएका आदरणीय बुवाको हिजो आफ्नै निवास बुटवल ६ चन्द्रनगरमा देहावसान भयो ।
लामो समय लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचारर भयो तर सुधार हुन सकेन । अरु मानिस बिरामी भएको बेला सकी नसकी अस्पताल अस्पताल चहार्दै सहयोग गर्ने बुवाको अभाव अव जीवनभर खड्किनेछ१ म पहिलो पटक अस्पतालमा भेट्न जादा मेरो हात जोड्ले समाएर सानो आवाज अनि इसाराले चिन्ता नगर ठीक हुन्छु भन्नुभयो, म भावविभोर भए ।

अचानक आशु खस्यो बुवाको त्यो आत्मविश्वास देख्दा छिट्टै निको हुन्छ भन्ने लागेको थियो तर हामीले सोचजस्तो सूधार भएन, उहाँले हार्नुभयो, उहाँले हार्नु मात्र भएन आमा, दिदी माया, भाई दिपेन्द्र, बुहारी कल्पना, नाती शिरिष, भान्जा भान्जी मात्र होइन हामी सिङ्गो परिवार, प्युठान अनि रुपन्देहीका आफन्त, साथीभाई, शुभचिन्तक सबैले हार्यौ१ आज बिहान सम्म पनि बोल्नुहुन्छ, य प्रदिप भन्नुहुन्छ भन्ने आशा थियो । तर मगरघाटको अन्तिम संस्कार पछि उहाँको पार्थिव शरीर आगोमा बिलिन भएसंगै सबै आशाका दियोहरु निभे, आखिर के नै रहेछ र जीन्दगी बस बाँचुन्जेल पदम बा जस्तै सहयोगी, संघर्षशील बन्न सकू ।
हामी उहाँको अभिभावकत्व, सल्लाह, सुझाब अनि मार्ग निर्देशनको सधैं भोका रहने छौं ।
हार्दिक श्रद्धाञ्जली बा । आखिर छोडेर जानु भो है ।
सचिव
प्यूठान –रुपन्देही सम्पर्क