छ प्रदेशका प्रदेश प्रमुखले दिए प्रधानमन्त्रीलाइ बधाई र सुझाव

बुटवल, चैत्र १ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको नेतृत्वमा सातै प्रदेशका प्रदेश प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
६ प्रदेशका मुख्यमन्त्रीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

 


. प्रधानमन्त्रीलाई भेटको क्रममा कोशी प्रदेश प्रमुखबाहेक ६ प्रदेशका प्रदेश प्रमुखहरुले प्रदेशलाई बलिायो बनाउने गरी प्रदेशलाई आबश्यक पर्ने ऐन नियम र राष्ट्रसेवक कर्मचारी नियुक्तित सम्बन्धि अधिकार छिटो खोलिदिनका लागि आग्रह गरेको बताईएको छ ।
प्रदेश प्रमुखहरुको मर्यादाक्रमलाई शुरुमा निर्धारित भए अनुसार पुन. कायम गर्दै पछिल्लो अबस्थामा लागु भएको मर्यादाक्रमलाई खारेज गर्नुपर्ने सुझाब दिएका छन् ।
राष्ट्रियता, गणतन्त्र र संघीयतालाई स्थायित्व दिनका लागि अस्थिर खालका गतिविधिहरु हुने गरेकाले त्यस्ता गतिविधिलाई पूर्णरुपरुपमा निरुत्साहित बनाउन प्रधानमन्त्रीलाई प्रदेश प्रमुखहरुले संयुक्त रुपमा सझाव दिएको बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले दिएका सुझावहरुलाई ग्रहण गर्दै रास्ट्रपति ,उप राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई स्थायित्व दिने कुरामा सरकार प्रतिबद्व रहेको बताएको माओवादी केन्द्रका एक नेताले नयां दिशालाई बताएका छन् ।

राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता बिषयलाई कम्जोर पार्ने जस्ता खाले हर्कतलाई निरुत्साहित गर्न सरकार जति बेला पनि तयार भएको कुरा प्रधानमन्त्रीले बताएको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिब नारायण प्रसाद आचार्यले बताए ।