एकीकृत समाजवादीको महासचिवमा रुपन्देहीका घनश्याम भुसाल मनोनित

बुटवल, चैत्र ५ गते । नेकपा एकीकृत समाजवादीको महासचिवमा रुपन्देही तिलोत्तमाका घनश्याम भुसाल मनोनित भएका छन् ।
नेकपा एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भुसाललाई महासचिव मनोनित छ । त्यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गरिएको छ ।
४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरेका घनश्याम भूसाल गत २९ पुसमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।