सैनामैना मेमोरियलद्दारा बिपन्न छात्रवृत्ति तथा आर्थिक सहयोग

बुटवल, चैत्र ११ गते । सैनामैना नगरपालिका वडा नम्बर १ मा सन्चालित सैनामैना मेमोरियल स्कुलले बैदेशिक रोजगारका शिलसिलामा अपान्ग बन्न पुगेका मेजर रोड निवासी टोपलाल घिमिरेका छोरा क्रितक घिमिरेलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

 


सोही विद्यालयमा अध्ययनरत विद्यार्थीको संस्था सैनामैना मेमोरियल जुनियर रेडक्रस सर्कलले उक्त परिवारलाई रु १४ हजार ५ सय आर्थिक सहयोग समेत प्रदान गरेको छ।
विद्यालयका मावि तह तथा अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख डिबि क्षेत्रीको नेतृत्वमा निजको निवासमा पुगेर उक्त सहयोग र छात्रवृत्ति प्रदानको घोषणा गरिएको विद्यालयका प्राचार्य जेबि क्षेत्रीले बताएका छन् ।

निवासमै आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अतिरिक्त क्रियाकलाप प्रमुख डिबि खत्रीले आर्थिक अभावका कारण घिमिरे परिवारको भविस्यको एकमात्र सहारा अबोध बालक शिक्षाको अवसरबाट बन्चित हुन नपरोस भन्ने हेतुले विद्यालयले पूर्ण छात्रव्रिति दिने निर्णय गरेको बताउदै आगामी दिनमा समेत थप आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।

केहि दिन अगाडी मात्र सामाजिक सन्जालमार्फत निजको भिडियो सार्वजनिक भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीले स्वतस्फ्रुत रुपमा अ एकदिनको खाजाको रकम कटाएर उक्त रकम संकलन गरेका थिए।
जिविकोपार्जनका लागि बैदेशिक रोजगारका क्रममा सबारी साधनको ठक्करबाट गम्भीर घाईते हुन पुगेका घिमिरेको शरिरको कम्मर मुनिको भाग पूर्णत निस्क्रिय छ ।