नेतृत्वको भूमिका साझा नहुंदा पत्रकार महासंघको अस्तित्व संकटमा

श्यामलाल पोखरेल
नेपाल पत्रकार महासंघले लुम्बिनीमा राष्ट्रिय मडिया सम्मेलन आयोजना गरेको र त्यो राष्ट्रिय मिडिया सम्मेलन सफल रुपमा सम्पन्न भएको विभिन्न सामाजिक सञ्जालबाट थाहा भयो । समपन्न नभएको भएपनि शनिबारसम्म पक्कै सम्पन्न हुने छ । सम्मेलनको मेरो पनि सफलताको शुभकामना छ । सबै ठाउंमा हुने कार्यक्रमरुमा सबैलाई थाहा नहुन पनि सक्छ । सबैलाई वोलाउनै पर्छ भन्ने पनि होइन ।

सार्वजनिक रुपले गरिने कार्यक्रमहरु अहिलेको अवस्थामा प्रायजसोले थाहा पाउन खासै बेरपनि लाग्दैन । आयोजकले सबैलाई जानकारी गराउन सक्ने कुरो पनि नहुन सक्छ । यस्ता मिडिया सम्मेलन गर्दा वा साधारण सभा र अधिवेशन गर्दा सिमित मान्छे र सिमित संघसंगठन वा संस्थालाई निमन्त्रणा गर्ने आफ्नै अधिकार आयोजकहरुलाई हुन्छ ।
मिडिया सम्मेलन आयोजना गर्नु ठूलो कुरा होइन । त्यो मिडिया सम्मेलनमा श्रमजीवि पत्रकारहरुको विषयमा कति बहस तथा छलफल भयो भन्नेले ठूलो महत्व राख्छ । श्रमजीविहरुको पक्षमा के के निर्णय गरियो र भोलीका दिनमा कार्यान्वयन हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेको सिमित तलब पनि देशभरका अधिकांस मिडियाले श्रमजीवि पत्रकारहरुलाई दिएको अवस्था छैन । म पनि त्यसमा अछुतो छैन । भन्नुको अर्थ मैले पनि पाएको छैन ।

पछिल्ला दिनमा श्रमजीवि पत्रकारहरु आर्थिक रुपले निकै समस्यामा परेका छन् । काम गरेको सामान्य पारिश्रमिक पनि नपाएको अवस्था सबैलाई थाहा छ । पत्रकार महासंघले आयोजना गरेका सम्मेलनमा कुरा मात्र ठूला गर्ने व्यवहारमा साहुहरुको पक्ष पोषण गर्ने पत्रकार महासंघको नेतृत्वकै गलत व्यवबहारका कारण देशभरका श्रमजीवि पत्रकारहरु समस्यामा परेका हुन् । महासंघको सदस्यता सुद्विकरण गर्ने भनेको पनि लामो समय भयो । हुन सकेको छैन । त्यो पनि महासंघको नेतृत्वकै कारण हो । राजनीतिक रुपमा आफ्नालाई काखा र विचारको आधारमा अर्कोलाई पाखा लगाउने नेतृत्वको आंखामा मोतिया विन्दु रोग लागेकै हो । विचारको आधारमा महासंघको नेतृत्वले जुन हैसेत देखाउंदै आएको छ, यो निन्दनीय र आपत्तिजनक छ ।

सार्वजनिक कार्यक्रममा महासंघमा भएका कमीकमजोरी खुल्ने डरले सबै पत्रकारहरुसंग सम्बन्धित सबै संघसंगठनहरुलाई खबर पनि गरिदैन । किनकी त्यहां आलोचना सहनु पर्छ । केही समय अघि पत्रकार महासंघको सुर्खेतमा भएको साधारण सभाले पनि स्पष्ट पारेको छ, की महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा सिन्को पनि भाच्न सकेको छैन ।
पत्रकार महासंघ सबै विचार राख्ने पत्रकारहरुको छाता संस्था हो, भन्निछ । विचारको आधारमा महासंघमा साथिहरु निर्वाचित गराईएकै हो । त्यसमा कुनै दुईमत छैन । तर महासंघ सबैको साझा संस्था हो भन्ने साथिहरुको दिमागमा नभएपछि महासंघ कमजोर र कुनै विचार समूहको संगठन जस्तै बन्ने हो । महासंघ त्यस्तै त्यस्तै वनेको छ ।
पत्रकारिता व्यवसायिक र वर्गिय हुन्छ । कसैले विचारको आधारमा वर्गिया पत्रकारितालाई मिसनको रुपमा पत्रकारिता गरेको हुन्छ । कसैले व्यवसायिक पत्रकारितालाई अगाडी बढाएको हुन्छ । त्यो व्याक्तिमा भरपर्ने कुरा हो ।
जेजे भएपनि महासंघलाई साझा बनाउनु पर्छ भन्ने देशभरका साथिहरुको साझा धारणा बनेको छ ।
अहिलेसम्म त्यस्तो देखिएको छैन । महासंघमा निर्वाचित व्यक्ति जुनसुकै दलको होस्, त्यो दोस्रो कुरा हो । पहिलो कुरो महासंघमा निर्वाचित भएका साथिहरुको भूमिका तथा व्यवहार साझा हुनुपर्छ ।

महासंघमा निर्वाचित अधिकांस साथिहरुको भूमिका साझा छदै छैन । विचारकै कारण संकिणता छ । यो नयां रोग होइन पुरानै दिर्घ रोग हो । सामान्य निःशुलक रुपमा आयोजना गरिएको आंखा चेकजांचले यो रोग निको हुने छैन । श्रमजीवि पत्रकारहरुको वास्तबिक समस्या के के हुन् ? र कसरी ति समस्यालाई सुल्झाएर न्याय गर्न सकिन्छ भन्ने हो । यो कुरा सबै पत्रकार साथिहरुले बुझ्न जरुरी छ ।
महासंघको भूमिकालाई साझा बनाएर देश र विदेशमा रहेका नेपाली पत्रकारहरुलाई एक ठाउंमा गोलबन्द गर्नुपर्छ भन्ने विषयमा अहिलेसम्मको महासंघको नेतृत्व चुकेको छ । खास गरेर जिल्ला तहको नेतृत्व भन्दा केन्द्रको नेतृत्व बढी दोषी छ ।
महासंघमा जांदा श्रमजीवि पत्रकारहरुको पक्षमा वडो ठुला– ठुला कुरा गर्ने, अनी निर्बाचित भएपछि आफ्नै दलको पक्षपोषण गर्ने र दलीय राजनीतिलाई प्रमुख मान्ने महासंघमा निर्वाचित साथिहरुले आआफ्नो व्यवबहारमा सुधार नल्याउंदासम्म महासंघ, महासंघ जस्तो बन्दै बन्दैन । महासंघको नाममा केही अमुक दलको अगुवाई गर्ने जस्तो महासंघ बन्न सक्छ र अहिले त्यस्तै छ ।

एउटा सामान्य सदस्यता दिंदासमेत दलीय राजनीति गर्ने, साधारण सभा, अधिवेशन र मिडिया सम्मेलन जस्ता सार्वजनिक कार्यक्रमहरुमा पनि वीचारको आधारमा पत्रकारहरुसंग सम्बन्धित संघसंगठनहरुलाई वाईपास गर्ने महासंघको नेतृत्वको संकुचित व्यवहारले गर्दा महासंघको गरिमा घट्दै गएको छ ।
नेतृत्वको आलोकांचो, अपरिपक्क, संकिण व्यवहारले वेला वेलामा महासंघको विकल्पका कुराहरु उठिरहेका छन् । महासंघको विकल्प खोज्नु अहिलेको अवस्थामा गलत हो । तर समयक्रम अनुसार नेतृत्वको भूमिका साझा बन्न नसक्दा नेपाल पत्रकार महासंघ संकटमा पर्न सक्छ र विकल्प खोज्नेहरुलाई सहज हुन सक्छ । यसप्रति महासंघको नेतृत्व जवफादेही बन्न सक्नु पर्छ । नेतृत्वलाई आक्षेप लगाएको हैन । उहांहरुको व्यवहारले जस्तो देखाएको छ, त्यस्तै लेखेको मात्र हो । मेरो कुनैप्रति आक्षेप र पूर्वाग्राही छैन । नेतृत्वमा पूर्णसुधार आउनु पर्छ भन्ने हो ।

सदस्याता सुद्विकरण र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेको एक जनलाई १५ दिन पनि खान नपुग्ने तलबसमेत नपाएपछि श्रमजीवि पत्रकारहरको आवाजलाई सम्बोधन गर्न नसक्ने महासंघ कस्तो महासंघ हो ? नेतृत्व किन भाषण मात्रै गर्छ ?
न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन नसक्ने मिडिया हाउसहरुको अनुगमन गरेर कारवाहीका लागि सिफारिस गरी आफ्ना श्रमजीविहरुलाई वचाउने काममा महासंघको नेतृत्व त्यसतर्फ लाग्न जरुरी छ ।

त्यस्तै सदस्यता सुद्विकरणमा आफ्नो विचार नजिक भएकालाई संरक्षण गर्ने र अर्कोलाई स्वीकार गर्न नसक्ने व्यबहारको अन्त्य नहुंदासम्म महासंघ महासंघ बन्दैन । केवल देख्न र सुन्नका लागि भएको नेपाल पत्रकार महासंघको कुनै अर्थ रहदैन ।
पछिल्लो समय धेरै पत्रकारहरु सदस्यता रिनो गर्नमा इच्छुक देखिएका छैनन् । एक हजार उठाउन वारम्बार फोन गरेर वोलाउनु पर्ने अवस्था किन आयो ? यो महासंघको विश्वास घट्दै गएको कारण हो भन्ने कुरा अब नेतृत्वले राम्रोसंग बुझ्न जरुरी छ । नेतृत्वले समयमा नबुझे विष्फोट हुन सक्छ । जहां दमन, अन्याय र अत्याचार हुन्छ, त्यहां विष्फोट हुन्छ ।
स्वतत्रन्त्र पे्रसको घाटी निमोठ्ने गरी मिडिया विद्येयक आएको छ । जुन घातक छ । यसबारे महासंघका नेताहरुको भाषण मात्र होकी खारेज गरेर पे्रसमैत्री मिडिया विद्येयक ल्याउने हो ? केही प्रदेशमा महासंघकै नेतृत्व, मुख्यमन्त्री र मन्त्रीहरुको मिलोमतोमा मिडिया विद्येयक ल्याईएको छ ।

महासंघको निर्वाचन नजिकिन बेला गैर ढंगले एक जिल्लाबाट अर्को जिल्लामा आफ्ना निकटका साथिहरुलाई सदस्यता सरुवा गर्ने र त्यो जिल्लामा आफ्नो पार्टीको अखडा जमाउने गरी महासंघकै नेतृत्वबाट भैरहेको छ । त्यो क्रमस जिल्ला र आवश्यक अनुसार व्यक्तिको नाम पनि खुलाउंंनका लागि एथेष्ट प्रमाणहरु छन् । महासंघ र महासंघको नेतृत्वमा सुधार ल्याउन ति प्रमाणहरु समयको माग अनुसार खुलाईने छ ।
यि र यस्ता विषयमा सबै पत्रकारहरुले आफ्नो छाता संस्था नेपाल पत्रकार महासंघलाई आमश्रमजीवि पत्रकारहरुको सांझा संस्था बनाउन र नेतृत्वलाई सही ठाउंमा ल्याउन खवरदारी गर्न जरुरी छ ।

पत्रकारहरु पनि पत्रकार महासंघ र महासंघको नेतृत्वप्रति प्रतिपक्ष हुनुपर्छ । महासंघको गरिमालाई जोगाउने की केही सिमित व्यक्तिलाई सधैभर हालीमुहाली गर्न दिने भन्ने विषयमा महासंघका सदस्य पत्रकार साथिहरु नै बढी जिम्मेवार बन्नुको अर्को विकल्प छैन ।
कुनै विचार वोकेकालाई वाइपास गरेर नेपाल पत्रकार महासंघ चल्दैन ।

नेपाल पत्रकार महासंघको अस्तित्व झनै घट्दै जान्छ । यस विषयमा नेतृत्व जवाफदेही हुनुपर्छ र महासंघका आमसदस्य सचेत हुन जरुरी छ ।