पर्रोहा साकोसले आयोजना ग¥यो निःशुल्क क्यान्सर परिक्षण शिविर

 

 

बुटवल/पर्रोहा बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको आयोजनामा पर्रोहामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर, नेपाल क्यान्सर सहयोग समुह, रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहकार्यमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष दिलिप भट्टराईले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै भट्टराईले समाजमा तिब्र रुपमा बढेको क्यान्सर रोगबाट वच्नका लागि समयमा त्यसको पहिचान र जिवनशैलीमा परिर्वतन जरुरी रहेको बताउनु भयो । उहाले बर्तमान अवस्थामा जुन तिब्रताका साथ महिलाहरुमा स्तन र पाटेघरको क्यान्सर देखिएको बताउदै त्यसलाई रोकथाम गर्न नियमित स्वाश्थ्य जाचमा जोड दिनु भयो ।


पर्रोहा बचत तथा ऋण सहकारी संस्थाकि उपाअध्यक्ष उषा गौतम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकि अध्यक्ष खरिमाया भुजेल, सैनामैना नगरपालिकाकि उपप्रमुख विना राना, रोटरी क्लब अफ बुटवलका अध्यक्ष वोनिन पिया, सिद्धार्थका अध्यक्ष भोजेन्द्र खत्री लगायत बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, काठमाडौका डा. सुदिप श्रेष्ठ, डा. एसोदा पोखरेल, डा. कञ्चन रेग्मीले क्यान्सर रोगका बारेमा जानकारी गराउदै उपचारको विधिका बारेमा विस्तृत रुपमा धारणा राख्नु भएको थियो भने नेपाल क्यान्सर सहयोग समुहका महासचिव गणेशभक्त श्रेष्ठले कार्यक्रमका बारेमा जानक।री गराउनु भएको थियो ।


कार्यक्रम सञ्चालन सहकारीका सचिव विष्णु रेग्मीले गर्नु भएको थियो । शिविरमा करिव ५ सय जनाको क्यान्सर परिक्षण गरिएको थियो ।