लुम्बिनीमा प्रदेश खेलकुद परिषदले विश्व खेलकुद दिवशका अवसरमा पिस म्याराथन आयोजना गर्दै

 

सुमन अधिकारी

बुटवल/लुम्बिनी प्रदेश खेलकुद परिषदसंग सहकार्य गर्दै नेपाल ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवश लुम्बिनीमा संयुक्त रुपमा मनाउने तयारी गरेको छ । दुइृ संस्थावीच यहि अप्रिल ६ अर्थात चैत २३ गते विश्व खेलकुद दिवश भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ नाम दिएर कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।


नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच विश्व खेलकुद दिवशका दिन लुम्बिनीमा पिस म्याराथन सहित बिभिन्न कार्यक्रम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरेका हुन। समझदारीपत्रमा बुद्ध जन्मभूमिमा पिस म्याराथन आयोजना गरी लुम्बिनीको प्रचार प्रचारमा सहयोग गर्ने उल्लेख छ ।
सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस’ मनाउने निर्णय गरेको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले लुम्बिनीमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवर्द्धनमा समेत सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् । खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताए ।
लुम्बिनी खेलकुद पस्षिदका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेशमा खेलकुदको विकासमा ओलम्पिक डेका दिन आयोजना गर्न लागिएको कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाहा गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिनमा अन्तराष्ट्रियकरण गर्न प्रदेश खेलकुद परिद लागेको पनि बताए ।


कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित  आबद्ध विभिन्न देशका प्रतिनिधिहरु सहभागि हुनेछन् । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मनाउने निर्णय पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यसका लागि प्रस्ताव राखेको थियो । त्यस अनुसार  विश्वमा विविध कार्यक्रम गर्दै यो दिनलाई मनाउँदै आएको छ । नेपालमा सन् २०१४ देखि विश्व खेलकुद दिवशमा विभिन्न कार्यक्रम गर्न सुरु भएको हो ।