पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २२ औ बार्षिक साधारणसभा
श्रोत र साधनको सहि सदुपयोग गरौं: मुख्यमन्त्री गिरी



बुटवल/पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको २२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभाले विभिन्न प्रस्तावहरु पारित गर्दै विधा सम्सोधन समेत गरेको छ ।

समितिको २२ औ बार्षिक साधारणसभाको शनिवार बुटवलमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सहि सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको संकटलाई सहि बाटोमा हिडाउन सकिने बताउनु भएको छ । उहाले किटान गर्दै नेपालमा आर्थिक संकट कम गर्ने उपायका रुपमा ढुंगा तथा गिट्टी बालुवा वेच्न र वनमा रहेको काठको सहि सदुपयोग गर्न सुझाव दिनु भयो ।
मुख्यमन्त्री गिरीले हामीले हामीसंग जे छ त्यो वेच्नु पर्दछ भन्दै उपयोगबिहीन भएर बसेका हाम्रा भीर र पहाड काटेर ढुंगा बेच्न सकेमा व्यापार घाटा कम हुने तथा यातायात व्यवसायीले पनि ढुवानीको काम पाउने बताउनु भयो । ‘आज यातायात क्षेत्रको सेवाको काम राज्यले गर्ने काम नीजि क्षेत्रका व्यवसायीहरुले गरेका छन् तर राज्यले त्यसलाई कदर गर्न सकेको अवस्था छैन । यो दुखद पक्ष हो ।’, मुख्यमन्त्री गिरीले भन्नु भयो ।
गिरिले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न आफु र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउदै नीतिगत सुधारका लागि आवश्यक बुदाहरु लिएर एउटै टेवलमा बसेर छलफलका लागि आवहान गर्नु भयो ।

समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्किको स्वागत तथा कार्यालय प्रमुख बाबुराम अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा बोल्ने यातायात क्षेत्रका अगुवाहरुले आफुहरुले समयअनुकुलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरुले निर्वाद रुपमा ओभरलोड बोकरे गुड्दा नेपाली ट्रक व्यवसायीहरु धाराशाही हुनुकासाथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताएका थिए ।
कार्यक्रममा संस्थागत धारणा राख्दै अध्यक्ष पाण्डेले विसुद्ध नेपाली नीजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको भएपनि राज्यको स्पष्ट कानुन नहुदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरु पलायन हुनु पर्ने अवस्था आएको बताउनु भयो । उहाले तत्कालिन सरकारले यो क्षेत्रलाई तहसनहस गरी व्यवसाय नै चलाउन नसकिने अवस्थामा पु¥याएको गुनासो गर्नु भएको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










