राष्ट्रिय आयुर्वेद एशोसिएसनमा नयां नेतृत्व चयन

बुटवल, चैत्र २९ गते । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रानको केन्द्रिय संस्थापक अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । काठमाण्डौमा भएको राष्ट्रिय महाधिवेशनले नयां नेतृत्व चयन गरेको नवनिर्वाचित उपाध्यक्ष शालिकराम भुसालले जानकारी गराएका छन् ।

 


राष्ट्रिय माहाधिबेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिस्ठ उपाध्यक्षमा संस्थापक कृष्णबहादुर रावत,  उपाध्यक्षहरुमा संस्थापक बालगोपाल श्रेष्ठ, संस्थापक शालिकराम भुसाल,  सरिता भण्डारी,  डाक्टर शंकरप्रसाद रिजाल, सञ्जयकुमार  यादव,  दिलबहादुर श्रेष्ठ,  डाक्टर प्रफुल्ल चन्द्र यादव, डाक्टर संजीव कुमार यादव र लोकराज भट्टलाई चयन भएका छन् ।
केन्द्रिय संस्थापक माहासचिवमा हृदय नारायण चौधरी, संस्थापक सचिवमा नारायण खतिवडा र जयन्ती शिवाकोटी चयन भएकी छन् ।

त्यस्तै कोषाध्यक्षमा सस्थापक सपना खत्री र सह –कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन्, भने सदस्यहरुमा ओमअराज लिम्बु संस्थापक किरण न्यौपाने, संस्थापक आरती चौधरी, डा. बिबेक गुप्ता डा. राम पुकार यादव, गीतादेवी दाहाल ,इन्द्रजित कुमार यादव धबिन्द्र बहादुर सार्कीलाई चयन भएका छन् ।

कानुनी सल्लाहकार क्रान्ति भट्टराईको संयोजक तथा डा शंकर गौतम ,नरबहादुर ठकुरी,डा चन्द्रनारायण झा र महेन्द्र राज बज्राचार्य सदस्य रहेको समितिले नयाँ कार्यसमिति चयनको भुमिका निर्वाह गरेको थियो । प्रदेश अध्यक्षहरु स्वत पदेन केन्द्रिय सदस्य हुनेहुंदा नरहरी अर्याल, डाक्टर प्रेम किशोर मिश्र,डा अमृत भण्डारी र आरएन  सुरेन्द्र सिंह रहेका छन् ।