पाल्पाको दोभानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवल, बैशाख ८ गते । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउंपालिका ३ दोभानमा बसले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
पाल्पाका बगनासकाली गाउंपालिकाका राजेन्द्र न्यौपानेको मृत्यु भएको हो । राजेन्द्र न्यौपानेको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शुक्रबार दिउंसो पाल्पाबाट बुटवलतर्फ आइरहेको स्कुटरलाई सोही दिशाबाट आएको बसले ठक्कर दिंदा स्कुटर चालक पाल्पा बगनासकाली गाउंपालिकाका राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट बुटवल आउंदै गरेको लु ७७ प १९६ नम्वरको स्कुटरलाई र सोही दिशाबाट आएको लु १ ख ४८४७ नंं को बसले ठक्कर दिंदा ४३ वर्षिय न्यौपानेको मृत्यु भएको प्रहरीले बताएको छ ।