इडिएफ एड्मिसन्सको शाखा बुटवलमा

बुटवल, जेठ २९ गते । वैदेशिक अध्ययनमा जान चाहाने विद्यार्थीका लागि इडिएफ एड्मिसन्सले बुटवलमा शाखा सञ्चालन गरेको छ । यो शाखा काठमाण्डौ बाहिरको पहिलो हो भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी इडिएफ एड्मिसन्स बुटवल शाखाका प्रवन्ध निर्देशक विनोद घिमिरेले जानकारी गराएका छन् ।

निर्देशक विनोद घिमिरेका अनुसार वैदेशिक अध्ययनको लागि अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चोहेका विद्यार्थीलाई तयारी कक्षा, परामर्श तथा सहजिकरण गरिने छ ।
अमेरिकन इन्टरनेशनल रिक्रयुटमेन्ट काउन्सिल (ए.आई.आर.सी.)बाट मान्यता प्राप्त एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सको शाखा बुटवलमा सञ्चालन गरिएको हो ।
इडिएफ एड्मिसन्सले वैदेशिक शिक्षामा विषेश गरी अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चाहने विद्यार्थीलाई विगत १५ वर्षदेखि काठमाण्डौबाट परामर्श, तयारी कक्षा तथा सहजीकरण गर्दै आएको छ ।

इडिएफ एड्मिसन्सले जम्बुरीले तयार गरेको पाठ्यक्रमको आधारमा अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आएको र जुन पाठ्यक्रम विश्वका ४० बढी देशमा अंग्रेजी भाषाका आई.ई.एल.टि.एस., जि.आर.आई., जि–एम.ए.टी., एस.ए.टी., का कक्षा सञ्चालन भईरहेको इडिएफ एड्मिसन्सका सिनियर काउन्सिलर गणेश पाण्डेले जानकारी गराए ।

इडिएफ एड्मिसन्सले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युकेका २ सय भन्दा धैरै कलेज तथा विश्वविद्यालयसंग सहकार्य रहेको र यस क्षेत्रबाट ती देशमा अध्ययनमा जान चाहने विद्यार्थीलाई नजिकबाट सेवा प्रदान गर्न शाखा कार्यालय स्थापना गरिएको निर्देशक प्रकाश पोखरेलले बताए ।

शाखा कार्यालयको सोमबार एक कार्यक्रमवीच बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
बुटवल शाखा उद्घाटनको अवसरमा ओपनिङ विकमा आईईएलटिस र पिटिई पठनपाठनमा ५० प्रतिशत छुट गरिएको छ । त्यस्तै विद्यार्थीको सहजताका लागि लाईवेरीको व्यवस्था गरिएको छ ।