आगो लागि पीडितलाई राजमो दाङले दियो राहत

 दाङ, असार २ गते । राष्ट्रिय जनमोर्चाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । दाङको राजपुर गाउँपालिका ५ महातेनी खोलाका आगो लागि पीडित टेकबहादुर बुढालाई राष्ट्रिय जनमोर्चाले राहत वितरण गरेको हो । शनिबार राजमो दाङ जिल्ला सचिव वसन्तराज पौडेलको नेतृत्वमा पीडितको घरमै पुगेर राहत वितरण गरिएको छ ।
पीडित टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घर खरको छानो काठ जलेर नष्ट भएको थियो।

आगलागी पीडित बुढाको परिवार आजभोलि गोठमा बस्दै आएका छन्। पीडित बुढाको २ तले घर जलेर नष्ट भएको थियो। आगलागीबाट ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। नगद तथा जिन्सी सामान लगायत गहना, अन्नपात तथा लुगाफाटोसहित पुरै जलेर नष्ट भएको थियो ।

राजमो लमही नगरले पीडितलाई नगद रू ७ हजार रुपैयाँ, चामल २ बोरा ,दाल ४ केजी , चिनी र एक जोड सुट कपडा वितरण गरेको छ। राजमोका स्थानीय राजपुरका नेता जसबहादुर घर्तीले एक बोरा चामल, जुना घर्तीले ब्लाङकेट र अनिल घर्तीले एक बोरा चामल र दाल सहयोग गरेका छन् ।
होटल पौवा भालुबाङले पनि एक बोरा चामल सहयोग गरेको छ।

राजमो दाङ्ग जिल्ला सचिव वसन्तराज पौडेलको नेतृत्वमा राजमो लमही नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष हरिबहादुर थापा, अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष रुमाल प्रसाद बस्याल, राजमो जिल्ला सदस्य ठाकुर भण्डारी राजमो नेता झबिन्द्र प्रसाद आचार्य र विष्णु भुसाल र अखिल (छैठो) दाङ जिल्ला सचिव देनेश रैदासको टोलले राहत वितरण गरेको हो ।