सरकारको निर्णयविरुद्द अर्घाखांचीमा बिरोध प्रदर्शन

श्याम घिमिरे

अर्घाखांची, असार ५ गते । अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णय विरुद्ध,नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन अर्घाखांचीले सदरमुकाम सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ ।
सरकारको निर्ण गलत भएको भन्दै हुलाक कर्मचारीले उक्त निर्णय खारेज गर्न सरकारसंग माग गरेका छन् । शान्ति बगैंचाबाट नाराजुलुससहित सुरु भएको प्रदर्शन जिल्ला हुलाक कार्यालय अर्घाखांचीमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोण सभामा बोल्दै कर्मचारी एशोसियशन अर्घाखाँचीका अध्यक्ष बुद्धि भट्टराईले सरकारले अतिरिक्त हुलाक कार्यालय बन्द गर्ने घोषणा गर्नु गलत भएको दाबी गर्दै सरकारले कर्मचारीहरुको रोजगार खोसेपछि बाध्यताले आन्दोलनमा उत्रनु परेको बताए ।

गत जेठ १८ गतेबाट अतिरिक्त हुलाक कार्यालय बन्द गरि आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा प्लेकार्ड लिएर बिरोध प्रदर्शन गरेका हुन् ।
आफुहरुको जायज माग पुरा नभए थप आन्दोलन गर्नेे कर्मचारीले चेतावनी दिएका छन् ।