बुटवलमा मातृशिशु पोषण भत्ता वितरण

बुटवल, असार ५ गते । बुटवलका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिकाले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको छ ।
मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गरेका छन् ।
उनले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताए ।
नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि अस्पताल निर्माण, जनशक्ति उत्पादनलाई प्राथमितामा बताउंदै भने उपमहानगर स्वास्थ्यप्रति गम्भीर छ ।
छिटै नै बुटवल १३ र १६ मा १५–१५ बेडका अस्पताल सञ्चालनमा आउने जानकार गराए.दै उनले भने आम्दा अस्पतालको स्तरोन्नति हुने र जनशक्ति उत्पादनमा जोड दिन्छौ र दिएका छौ ।
                  मापदण्ड
पोषणभत्ता कार्यक्रमअन्तरगतको रकम प्राप्तका लागि बुटवलको स्थायी बासिन्दा हुनुपर्ने, बच्चा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्य चौकीमा गत साउनयता जन्मिएको हुनुपर्ने मापदण्ड राखिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराए ।

आवश्यक मापदण्ड पूरा गरेकाहरुले बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट रकम लिनसक्ने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी गराए ।